अविरल वर्षा पछि आएको बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या ६५ पुगेको छ।
प्रहरीको तथ्याकं अनुसार सोमबार बिहानसम्म बाढी पहिरो र डुबानमा परि मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ, भने बेपत्ता ३१ जनाको अवस्था अझै अज्ञात छ। त्यसैगरी ३२ जना घाईते रहेको र उनीहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ। ४१ पुरुष र २४ महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रदेश १, २, ३, ५ तथा कर्णाली प्रदेशमा बढी क्षति पुगेको प्रहरीले जनाएको छ।
बाढी पहिरो र डुबानमा परेका नागरिकको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी गरी देशभर ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।
स्थानीयको सहकार्यमा सुरक्षा निकाएले हालसम्म १ हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।