बाढीपहिरो र डुबानमा परि मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, २४ जना बेपत्ता

तस्बिरः बिएल


वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परि ४३ मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार हाल सम्म बाढीपहिरो र डुबानमा परि मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ ।
त्यसैगरी बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् । भने २४ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढी पहिरो र डुबानमा परेका एक हजार भन्दा बढीको उद्धार गरिएको छ ।
ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार, काठमाडौँ, खोटाङ ,ओखलढुङ्गा र काभ्रेमा तीन–तीन, धादिङ, झापा, सिन्धुलीमा दुई–दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा एक–एक जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए ।
त्यसैगरी बाढीपहिरोमा परी मकवानपुरमा चार, धनकुटामा तीन, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा दुई, दुई, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा एक–एक गरी २० जना घाइते भएको र उनीहरुको उपचार हुदै गरेको एसपी थापाले जानकारी दिए ।
यस्तै सिन्धुलीमा ६ , इलाम र मोरङ्गमा तीन–तीन, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक–एक जना गरी २४ जना बेपत्ता भएका छन् ।

 

प्रकाशित मिति: : 2019-07-14 10:23:27

प्रतिकृया दिनुहोस्