नेपालमा बाल यौनदूराचारमा संलग्न सबैभन्दा 'ठूलो नाम' पिटर जोन ड्याल्गिस अन्ततः दोषी ठहरिएका छन् । काभ्रे जिल्ला कारागारका बन्दी जीवन बिताइरहेका क्यानेडियाली नागरिक उनलाई जिल्ला अदालत काभ्रेले यस्तो फैसला सुनाएको हो ।
२०७४ चैत २४ गते काभ्रेको मण्डन देउपुरमा रहेको आफ्नै फार्महाउसमा दुईजना नावालिगसँग रंगेहात पक्राउ परेका पिटरलाई ९ वर्षको जेल सजाय र दुईजना पीडित बालकलाई मनासिब क्षतिपूर्तिको माग गरिएको छ । तर, उनलाई दोषी ठहर गरे पनि सजायका बारेमा अदालतले छुट्टै बहस गरेर निर्णय गर्ने भएको बताएको छ ।
पिटर संयुक्त राष्ट्रसंघ (युएन) का पूर्व वरिष्ठ कर्मचारी हुन् । ६१ वर्षीय क्यानाडेली नागरिक पिटरले संयुक्त राष्ट्र संघको कन्ट्री रिप्रिजेन्टेटिभका रुपमा अफगानिस्तानमा काम गरिसकेका छन् ।
नेपालमा भेटिएका भीभीआईपी बाल-यौनदुराचारी हुन्- पिटर जोन ड्यालग्लिस। संयुक्त राष्ट्रसंघको विशिष्ट पदमा रहेर काम गरिसकेको पिटर बाल-यौनदुराचारको अभियोगमा २०७४ चैत २४ गते काभ्रेको मण्डन देउपुरबाट पक्राउ पर्यो।
६० वर्षिय क्यानेडेली नागरिक पिटर धेरै पहिलेदेखि नै शंकाको घेरामा भए पनि ऊ एक हाइप्रोफाइल ब्यभिचारी भएकाले पक्राउ परिरहेको थिएन।
सन् २००२ देखि पटकपटक नेपाल आएका ऊ वास्तवमा बाल-यौनदुराचारकै लागि नेपाल आउने गरेको प्रहरी अनुसन्धानबाट खुल्यो। सन् २००२ मा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सिनिएर एड्भाइजरका रूपमा ऊ पहिलोपटक नेपाल आएको थियो। त्यतिबेला दुई वर्ष नेपालमा बसेको पिटर त्यसपछि पनि नेपाल आउने र जाने गरिरहन्थ्यो।
त्यही बिचमा पिटरको युएनको कन्ट्री रिप्रिजेन्टेटिभका रुपमा अफगानिस्तानमा ५ वर्षका लागि पोष्टिङ भयो।तर, नेपाली वालकमाथि यौनदुराचारको नशा लागेको उसको ‘नेपाल प्रेम’ त्यतिबेला पनि रोकिएन। अध्यागमन अभिलेखले ऊ बेला बेलामा नेपाल आइरहेको देखाउँछ।
सन् २००२ देखि नै उसले नेपालमा बाल-यौनदुराचार गरेको प्रहरीको निष्कर्ष छ। त्यतिबेलादेखि नै पिटरले गरिब बालबालिकालाई पढाइदिने, आर्थिक सहयोग गर्ने र बदलामा बाल-यौनदुराचार गर्ने गरेको प्रहरीको भनाइ छ।
सन् २००२ देखि करिब ५० जना बालबालिकालाई आर्थिक तथा शैक्षिक सहयोग गरेको उसले उनीहरुमध्ये अधिकांशलाई यौनदुराचार गरेको बताइन्छ।
सन् २००९ मा पिटरले नेपालमा काम गर्दाको सहयोगी चिरिकाजी महर्जनलाई प्रयोग गरेर उसले काभ्रेको मण्डन देउपुरमा १० रोपनी जग्गा किनेर फार्महाउस बनायो। त्यही फार्महाउसलाई नै उसले आफ्नो यौनदुराचारको अखडा बनाएको अनुसन्धानबाट खुलेको छ।
तीनवटा मानार्थ पीएचडी र विभिन्न सम्मान पाएको पिटर क्यानेडियन प्रधानमन्त्रीसँग पनि नजिक रहेको अनुसन्धानबाट खुलेको छ।