विगत ८ दिनदेखि खोजी भइरहेको भारतीय वायु सेनाको एएन–३२ एयरक्राफ्ट अरुणाचल प्रदेशको पश्चिमी सियाङ जिल्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
भारतीय सरकारले केही दिनअघि वायु सेनाको एएन–३२ एयरक्राफ्टको जानकारी दिने व्यक्तिलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो।
विमानमा १३ व्यक्ति थिए। जसमा ८ जना विमान चालक रहेको बताइएको छ।
भारतीय वायु सेनाले मंगलबार एमआई–१७ हेलिकोप्टरबाट खोजी गर्ने क्रममा दुर्घटनाग्रस्त विमान १२ हजार फिटको उचाईमा देखा परेको बताएको छ।
विमानमा रहेका १३ व्यक्ति जीवित छन् कि मरिसके, यस विषयमा थप सूचना बाहिर आएको छैन।
समान ओसार–पोसार गर्ने भनिएको यो विमानले ३ जुनमा असमको जोरहाटबाट दिउँसो १२ बजेर २७ मिनेटमा उडान भरेको थियो। तर, उडेको केही बेरमै विमानको सम्पर्क टुटेको थियो।
सेनाले अरुणाचल प्रदेशको मेचुकामा विमानको खोजी गरिरहेको छ।