लिड २०३० च्यालेञ्जमा नेपालकी बोनिता शर्मा विजयी भएकी छिन् । उनी कुपोषण र भोकमरीको अन्त्य गर्ने उद्देश्य लिएर स्थापित सोसल चेञ्जमेकर्स एण्ड इनोभेटर्स (सोचाइ)की प्रमुख कार्यकारी अधिकृत हुन् ।
दिगो विकास लक्ष्यप्राप्तिका लागि ‘वान योङ वल्ड’ले विश्व प्रतिष्ठित ब्राण्डसँगको सहकार्यमा यो प्रतियोगिता आयोजना गरेको थियो। विजयी शर्माले ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेकी छिन् ।
प्रतियोगितामा विश्वभरका युवाद्वारा दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कार्यको खोजी गरिएको थियो। त्यसमा सोचाइले दिगो विकास लक्ष्य नम्बर २ ‘भोकमरीको अन्त्य’ अन्तर्गत एकसय देशबाट आएका एक हजार दुईसय प्रतिस्पर्धीलाई उछिनेको हो ।
लिड ३० च्यालेन्ज विजेता शर्माले अवार्डले देशमा ब्याप्त रहेको कुपोषणको समस्यालाई समाधान गर्न र दिगो विकास लक्ष्य हासिल गर्न थप प्रेरणा मिलेको बताइन्।
बोनिता शर्माको सोचाइ पोषण, सरसफाइ तथा यससम्बन्धी जानकारीको अभावले हाम्रो गाउँ समाजमा निम्त्याएको गम्भीर समस्या समाधान गर्ने दृढ उद्देश्यका साथ अघि बढिरहेको छ ।