रिसर्च भन्छ- क्यान्सर बिरामीलाई भिटामिन 'डी' ले सहयोग पुर्याउँछ

भिटामिन डी क्यान्सरपीडितका लागि वरदान । तस्बिर : एजेन्सी

अमेरिकाको वासिंटन डिसीमा गरिएको एक अनुसन्धानले भिटामिन 'डी' ले क्यान्सरपीडित बिरामीलाई सहयोग पुग्ने देखाएको छ । 

जर्ज मेसन स्टेट युनिभर्सिटीले गरेको अनुसन्धानमा ७९ हजार क्यान्सरपीडितसँग प्रत्यक्ष कुराकानी गरिएको थियो।   

अनुसन्धान प्रतिवेदनमा क्यान्सरवाट पिडित बिरामीले तीन वर्षसम्म लगातार भिटामिन डीको प्रयोग गरेको खण्डमा उपचारमा सहज हुने उल्लेख छ । 

प्रतिवेदनमा भनिएको छ - 'भिटामीन डीले हड्डी बलियो बनाउने मात्र काम गरेको देखिएन। यसले क्यान्सर पीडितलाई उमेर लम्ब्याउन मद्द गरेको पनि देखियो।'

अध्ययन मा संगलग्न तारिक हेकलले भिटामिन डी को प्रयोगले केही वर्ष बाँच्न मद्दत पुर्याएको देखाएको बताउँदै अगाडि भनिन्- 'भिटामिन डी को प्रयोग पहिलेदेखि भएपनि क्यान्सरपीडितलाई भिटामिन डीले कसरी फाइन हुन्छ भन्ने बिषयमा अध्ययन भएको थिएन।

'अध्ययनले भिटामिन 'डी' को प्रयोगले क्यान्सरलाई रोक्न सक्छ कि सक्दैन भन्ने बारेमा भने कुनै प्रमाण नदेखिएको हेकलले बताएकी छन। ७९ हजार क्यान्सरपिडितसँग उक्त अध्ययन गरिएको थियो।

प्रकाशित मिति: : 2019-06-08 02:26:14

प्रतिकृया दिनुहोस्