सुनको कारोबार ७५ प्रतिशत घट्यो, बेरोजगार बन्दै कालीगढ

तस्बिरः बिएल

नेपाली बजारमा सुनको कारोबारमा भारी गिरावट आएको छ। पछिल्लो समयमा सुनको कारोबार ७५ प्रतिशत भन्दा बढी घटेको सुन व्यवसायीले बताएका छन्।

तीजलगायत अन्य चाडवाडका बेला दैनिक औसत ६० किलो सुनको कारोबार हुने गरेकामा अहिले प्राय ठप्प भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत वर्षको यही अवधिमा भएको सुनको कारोबारको तुलनामा अहिले ७५ प्रतिशत गिरावट आएको ब्यवसायीको भनाई छ। विगतका वर्षहरुमा यो सिजनमा माग पूर्ति गर्न गाह्रो हुने गरेको ब्यावसायीको दाबी छ।

पछिल्लो समयमा लगातार अन्तर्राष्ट्रिय बजारमा मुल्य बढी रहेकोले यसको असर नेपाली बजारमा परेको सुन चाँदी ब्यावसायीको भनाई छ।

हाल सुनको मूल्य तोलको ७१ हजार रुपैयाँ हारहारीमा छ ।

केन्द्रीय बैङ्कहरुले अहिले सुनको सञ्चिती बढाएका छन्। सुन बिक्री नभएपछि बैङ्कहरुसँग ७०० किलो भन्दा बढी सुन सञ्चिती छ।

अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य बढ्नु, चीन र अमेरिकाबीच व्यापारीक युद्वका कारण अर्थतन्त्र आएको उतारचढाव बमोजिम सुनको भाउ बढेको हो।

अमेरिकमा र चीनबीचको व्यापार युद्वले लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा भाउ बढेको छ।

विश्व बजारमा अहिले सुनको माग बढेको व्यवसायीको भनाई छ ।

२०७६ को सुरुवातदेखि नै बढ्न थालेको सुनको भाउ भदौं ६ गतेसम्म प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो केही दिनयता सुनको भाउमा केही स्थिरता देखिए पनि अझै बढ्न सक्ने अनुमान गरिएको छ।

अहिले नेपाली बजारमा सुन भाउ आकासीयसँगै सुन बनाउने कालीगडहरु पनि बेरोजगार बन्न थालेका छन्।

सुन किन्न र बनाउन ग्राहक नआउँदा कालीगढहरु कामबिहीन बनेका हुन्।

कारोबार नहुँदा दैनिक रुपमा हुने खर्च, भाडा, तलव र अन्य प्रशासनिक खर्च चलाउन मुस्किल भएको ब्यावसायीको गुनासो छ।

प्रकाशित मिति: : 2019-08-25 09:13:19

प्रतिकृया दिनुहोस्