किन बढ्दैछ चेक बाउन्सका घटना : उपचार के ?

आजभोलि बैङ्क तथा वित्तीय कम्पनीहरुमा चेक अनादर अर्थात् चेक बाउन्सका घटना बढ्न थालेका छन् । बैङ्किङ कसुरअन्तर्गत खातामा पर्याप्त रकम नभई पनि भुक्तानीका लागि चेक काट्ने र दिने घटना दिन प्रतिदिन बढ्न थालेको हो ।

पछिल्लो समय चेक बाउन्सका मुद्दा लिएर न्यायिक केन्द्र धाउनेहरुको सङ्ख्या बढ्न थालेको छ । गत आर्थिक वर्ष २०७५/७६ मा मात्र एक हजार तीन सय ९५ चेक बाउन्सको उजुरी परेको केन्द्रीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उजुरीको दरलाई हेर्दा दैनिक एक सयभन्दा बढीको मुद्दा पर्ने गरेको प्रहरी प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । न्यूनतम तीन हजारदेखि अधिकतम पाँच करोडसम्मको चेक बाउन्सको मुद्दा पर्ने गरेको छ ।

पछिल्लो सयम यस्तो चेक बाउन्स तथा ठगी मुद्दाले वित्तीय क्षेत्रमा एक किसिमको तरङ्ग नै फैलिएको छ ।

चेक अनादर (बाउन्स) लाई हेर्ने प्रकृतिहरु फरक–फरक भए पनि आजभोलि बिना ब्यालेन्सको चेक भुक्तानीको मुद्दा प्रमुख बन्ने गरेको छ । खातामा पर्याप्त ब्यालेन्स (रकम) नभएर पनि चेक काट्ने र दिने घटनाहरु बढ्न थालेको र यस्तो घटना नियतबस नै घटाउन थालिएको प्रहरीको भनाइ छ ।

‘सामान्य २–३ हजार हजारदेखि पाँच करोड रुपैयाँसम्मको चेक बाउन्सका मुद्दा आएका छन् । सानो रकमको चेकमा हामीले दुई पक्षलाई सामान्य अपरेसनमा नै मिलाएर पठाएका छौँ । तर ठूलो रकमको मुद्दा भने अदालतसम्म पुग्ने गरेको थियो,’ पोखरेलले भने, ‘अब त यो मुद्दा प्रहरीले नहेर्ने भएको छ । सीधै अदातलमा मुद्दा दर्ता हुन्छ ।’

यसअघि बैङ्किङ मुद्दा अन्तर्गतको चेक बाउन्सका घटनालाई सरकारी फौजदारी कसुरका रूपमा हेर्ने गरिएकोमा अब भने छुट्टै बैङ्किङ कसुरअन्तर्गत वित्तीय देवानी मुद्दामा हेर्ने भएको छ ।

बैङ्कबाट चेक अनादरसम्म भएको विषयलाई सरकारवादी फौजदारी कसुरमा मुद्दा चलाउने व्यवस्था गलत भएको भन्दै सर्वोच्चले बैङ्किङ तथा वित्तीय कसुरअन्तरगत देवानी मुद्दामा हेरिनुपर्ने व्याख्या गरेको हो...

यो पनि पढ्नुस्

प्रकाशित मिति: : 2019-08-08 02:31:35

प्रतिकृया दिनुहोस्