पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, ग्यासको घट्यो

तस्बिरः बिएल

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाउँदा खाना पकाउने एलपीजी ग्यासको मुल्य भने घटाएको छ ।

मंगलबार रातिबाट लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक र डिजेल/मट्टितेलमा ५० पैसा मूल्य बढेको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल एक सय नौ रूपैयाँ रुपैयाँ प्रतिलिटर र डिजेल/मट्टितेल ९७ रूपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

एलपीजी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो।

नयाँ मूल्य अनुसार उपभोक्ताले एक सिलिण्डर ग्यासका लागि  एक हजार तीन सय ७५ रुपैयाँ तिर्नुपर्नेछ ।

हवाई इन्धनका खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा एलपी ग्यासमा करिब ६ अर्ब रुपैयाँ नोक्सानी ब्यहोरेको निगमले अहिलेसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न सकेको थिएन ।

मूल्य समायोजनपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको तुलनामा पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमशः १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो रहेको निगमले जनाएको छ ।

 

प्रकाशित मिति: : 2019-08-07 09:02:10

प्रतिकृया दिनुहोस्