ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट

बिएल

‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपिट भएको छ ।

आज दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका हुन् । 

 अभियन्ता  शाही, वीर गोर्खालि अभियानका अभियन्ता नगेन्द्र देउजा र पुर्वलडाकु लेनिन बिष्टले एकसाथ सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। तर कार्यक्रम सुरु हुनुभन्दा अगाडी नै आएका नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका थिए।

त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो ।शाहीको शरीरमा चोटपटक लागेको छ ।उनलाई प्रहरीले उद्दार गरेको छ ।

 उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ ।घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: : 2019-09-28 15:13:08

प्रतिकृया दिनुहोस्