
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल तत्कालिन एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) लाई ८ करोड रुपैयाँ बुझाएर आयल निगमको कार्यकारी निर्देशक बनेको रहस्योद्घाटन भएको छ।
कार्यकारी निर्देशक पौडेलले अरबौँ रुपैयाँ अनियमितता गरेको भन्दै छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गरिएको उजुरीमा प्रचण्डलाई ८ करोड रुपैयाँ बुझाएर पौडेल कार्यकारी निर्देशक बनेको उल्लेख छ।
अख्तियारमा पौडेलबिरूद् परेको उजुरीको दर्ता नम्बर C ०२४७२५ हो।
उजुरीमा भनिएको छ– पौडेल आयल निगममा नियुक्त हुने बेलामा उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयका तत्कालिन एनेकपा (माओवादी) को भागमा परेको थियो। आपुर्ती मन्त्री थिए, मातृका यादव।
सरकारले खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गर्ने परिपाटीको सुरुवात गरेपछि उदयपुर सिमेन्ट उद्योगमा रहेका पौडेल आयल निगमको कार्यकारी निर्देेेशकको प्रतिस्पर्धामा सहभागी भएका थिए।
प्रतिस्पर्धामा सहभागीमध्ये पौडेलसहित ३ जनाले लिखितमा नाम निकालेका थिए।
तत्कालिन एमाले र माओवादीका शीर्ष नेताको सहयोगमा पौडेलले प्रचण्डलाई खुमलटारस्थित उनकै निवासमा भेटेर पैसाको ‘डिल’ गरेको आयल निगम श्रोतले बिएल नेपाली सेवालाई बतायो।
‘प्रचण्डसँग ८ करोडमा पौडेलको ‘डिल’ फाइनल भएको थियो,’ उजुरीमा अगाडी भनिएको छ, ‘प्रचण्डलाई पौडेलले ८ करोड बुझाएपछि तत्कालिन आपूर्तिमन्त्री यादवले प्रचण्डकै निर्देशनमा मन्त्रीपरिषद् बैठकमा आयल निगमको कार्यकारी निर्देशकमा पौडेलको नाम सिफारिस गरेका थिए।’
१ .
२ .
३ .
४ .
५ .