‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुन्छ ढुक्क हुनुस्: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा ढुक्क हुन सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि उनले दोहोर्‍याए ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र मर्म अनुसार अघि बढाउन आफ्नो पार्टी दृढ रहेको बताए ।

तर प्रेस स्वतन्त्रताको अर्थ अराजकता होइन, उदण्डता होइन भन्नेमा सञ्चारकर्मीहरुले पनि ध्यान दिनुपर्ने उनले बताए । राज्य नियन्त्रण गर्नुभन्दा पत्रकार स्वयंमले कस्तो मूल्यमान्यता आचार संहिता बनाउन सोच्नु पर्ने पनि बताए ।

प्रकाशित मिति: : 2019-09-28 14:33:41

प्रतिकृया दिनुहोस्