बिरामीको मृत्यु हुँदासमेत बाटो खुलाउन सरकारले ध्यान नदिनु लाजमर्दो: नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नौबिसे–नागढुंगाको सवारी जाम पनि खुलाउन नसकेको भनेर सरकारको आलोचना गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शनिबार बिहान आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता सिंहले  जामसमेत खुलाउन नसक्ने सरकारबाट अरु केही आशा गर्न नसक्ने बताए ।

'यो सरकारले सडकको जामसमेत खोल्न सकेको छैन',उनले भने, 'जनताको न्युनतम चाहना पनि पूरा गर्न सकेन, हरेक ठाउँमा असफल भएको छ।' जाममा घण्टौंसम्म बस्दा बिरामीको मृत्यु हुँदासमेत बाटो खुलाउन सरकारले ध्यान नदिनु लाजमर्दो भएको उनले बताए ।


चाडबाडको समय नागरिकलाई सहज वातावरण बनादिनुको सट्टा चिनियाँ राष्ट्रपति सी जिनफिङ बिचारको पछि लागेको भनेर उनले सरकारको आलोचना गरे । चिनियाँ मोडलको व्यवस्था नेपालमा भित्राउन खोजेमा दुर्भाग्य हुने उनले बताए ।

प्रकाशित मिति: : 2019-09-28 10:55:33

प्रतिकृया दिनुहोस्