प्रचण्डलाई पार्टीको जिम्मा दिए सरकारमा आलोपालो गर्नुपर्दैन

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्षको अभ्यास हुन नसकेको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गर्दै आउने नेतामा पर्छन् हरिबोल गजुरेल । विधानले दुवै अध्यक्षलाई बराबर भने पनि व्यवहारमा केपी शर्मा ओली अध्यक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहअध्यक्ष जस्तो भएको भन्दै उनले असन्तुष्टि जनाउने गरेका छन् ।

बैठक बोलाउने कार्यकारी अधिकार दिएर ओली सिंगापुर गएपछि ओली र प्रचण्डबीच नयाँ समझदारी बनेको चर्चा छ । के अब प्रचण्डको भूमिका बढेको हो ? प्रचण्ड निकट मानिने नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेललाई यही प्रश्न सोध्यौं । 

प्रचण्डको भूमिका बढाउन निरन्तर आवाज उठाउँदै आएका गजुरेल अब दुवै अध्यक्षको समझदारीअनुसार पार्टी कामको नेतृत्व प्रचण्डले र सरकारको कामको नेतृत्व केपी ओलीले ‘फूल फेज’मा गर्ने सम्भावना देख्न थालेका छन् । समझदारी अनुसार चले डेढ वर्षपछि केपी ओलीले सरकारको नेतृत्व प्रचण्डलाई हस्तान्तरण गर्नु नपर्ने उनको भनाइ छ ।

पार्टीभित्र समीकरण बनाउन र भत्काउन, अनि आफूलाई बलियो पार्न अध्यक्ष ओलीले बामदेव गौतमलाई उपाध्यक्ष प्रस्ताव गरेको गजुरेलले बताए । यद्यपि गौतमलाई उपाध्यक्ष मान्न पूर्व माओवादीलाई कुनै आपत्ति नरहेको उनले प्रष्ट पारेका छन् ।

प्रस्तुत छ, गजुरेलसँग गरिएको कुराकानीको सम्पादित अंशः

पहिलोपटक प्रचण्डले बैठक बोलाउनुको अर्थ नेकपामा दुई अध्यक्षको अभ्यास बल्ल शुरु भएको भनेर बुझ्ने कि केपी ओलीको अनुपस्थितिले गर्दा मात्र त्यो मौका पाएको भनेर बुझ्ने ?

त्यो त हामीले पनि हेर्न बाँकी छ । पहिलोचोटी सचिवालयको बैठकको अध्यक्षता प्रचण्डले गर्नुभयो, यो कुन रुपमा अघि बढ्छ अहिले नै भन्न सकिन्न ।

किनकी पार्टी एकता गर्दाको सहमतिचाहिँ आलोपालो अध्यक्षता गर्ने हो । तर व्यवहारमा त्यस्तो भएको थिएन । त्यसले अलिकति असहज स्थिति बनाइराखेको थियो ।

प्रकाशित मिति: : 2019-09-05 07:11:17

प्रतिकृया दिनुहोस्