अदालतलाई गलत प्रभाव पार्दै सर्वेक्षक सार्वजनिक जग्गा हडप्ने सँधियार प्रसन्न

मोतीराम तिमल्सिना, काभ्रे।जिल्ला अदालत काभ्रेले साँधमा रहेको सार्वजनिक जग्गा हडपेको विषयमा थरीथरीका आदेश सुनाएपछि जग्गा हडप्नेहरू प्रसन्न भएका छन्।बनेपा नगरपालिका–२ टुकुचामा पाँच रोपनी नौ आना सरकारी जग्गा हडप्ने सँधियारलाई यस प्रकारको खुसी प्राप्त भएको हो।

यसअघि धुलिखेल नगरपालिका–१० शारदाबतासेमा १५ रोपनी वन र २२ रोपनी सरकारी जग्गा हडप्ने सँधियारलाई पनि नापी तथा मालपोत कार्यालयका कारण यस प्रकारको खुसी प्राप्त भएको थियो।नापी कार्यालय काभ्रेले विवादित जग्गा सरकारी भएको प्रमाणित दर्ता स्रेस्ता र ब्लु प्रिन्टसहितको नापी प्रतिवेदन बुझाउँदासमेत सरकारी जग्गासम्बन्धी विवाद टुंगिन सकेको छैन।

पहिलोपटक २०७५ असोज १६ गते न्यायाधीश दीपककुमार खरेलले लुटपिट र जग्गा किचलो मुद्दामा दर्ता स्रेस्ता र ब्लु प्रिन्ट नक्साको प्रमाणित प्रतिलिपि झिकाउन आदेश गर्नुभएको थियो।

सोही मुद्दामा दोस्रोपटक न्यायाधीश दुर्गा खड्काले उक्त जग्गा पुनः नाप–नक्साका लागि आदेश दिनुभयो। उक्त आदेशपछि जग्गा नाप गर्दा सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मिल्ने गरी प्रतिवेदन बुझाइयो, सोहीअनुसार अदालतले फैसला पनि गरिदियो।

सरकारी जग्गा हडप्ने सँधियार अहिले प्रसन्न छन्। पछिल्लो नाप–नक्सा प्रतिवेदनमा बदमासी भयो भन्दै स्थानीयले पुनः नाप–नक्साको माग गरेपछि यही भदौ १२ गते न्यायाधीश दुर्गा खड्काले कित्ता नम्बर ३२८, ३२९ र ३२६ को लम्बाइ, चौडाइ र क्षेत्रफल खुल्ने गरी विवरण दिन नापी कार्यालयलाई आदेश गर्नुभएको छ।

प्रकाशित मिति: : 2019-09-05 06:51:54

प्रतिकृया दिनुहोस्