राजीव गान्धीले बनाएका थिए नेपालमा राजतन्त्र फाल्ने योजना ?

हिन्दू राष्ट्र नेपालको राजसंस्था उखेलेर फाल्ने योजना भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीले बनाएको खुलासा भएको छ ।

भारतीय गुप्तचर एजेन्सी ‘रअ’ ले १९९० मा नेपालमा एक गुप्त अपरेशनको सुरुवात गरेको थियो, जसको उद्देश्य नेपालमा राजसंस्था हटाएर लोकतन्त्रको स्थापना गर्नु थियो । 

‘रअ’ का पूर्व विशेष निर्देशक अमर भूषणले आफ्नो पुस्तक ‘इनसाइड नेपाल’ मा नेपालमा अराजक तत्वले राजसंस्था विरोधी अभियानको फाइदा नउठाओस् भनेर भारतले पूरै कोशिस गरेको उल्लेख गरेका छन् ।

‘त्यसबेला जनताले राजतन्त्रको अधिकार कटौती र लोकतन्त्रको स्थापनाका लागि ठूलो अभियान चलाएका थिए । राजीव गान्धी नेतृत्वको सरकार भारत यो कार्यमा नेपालका जनताको जनतालाई साथ दिन चाहन्थ्यो । ‘रअ’ले नेपालका सबै राजनीतिक दल र संगठनबीच एकता बनाइराख्नका लागि मेहनत गर्‍यो ।’ प्रकाशित पुस्तकमा उल्लेख छ । 

वीरेन्द्रमाथि दबाब

‘नेपालका राजा वीरेन्द्र वीर विक्रम शाहदेवमाथि कुनै दबाबले काम गरिरहेको थिएन । यसका लागि भारत सरकारले कूटनीतिक तरिका पनि अपनाएको थियो, तर सबै बेकार भइरहेका थिए । यसपछि भारत सरकारले नेपालमा खाद्य पदार्थको निर्यात रोक्ने निर्णय गर्‍यो । ताकि राजामाथि दबाब थोपरेर जनताप्रति जिम्मेवार बन्ने प्रयासलाई बल मिलोस् ।’ भुषणले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

‘नेपालका राजा सहयोगका लागि चीनसम्म पुगे । भारत कहिल्यै पनि नेपालमा चीनको प्रभाव बलियो होस् भन्ने चाँहदैन थियो ।’ पुस्तकमा उल्लेख छ ।

प्रकाशित मिति: : 2019-09-04 15:48:35

प्रतिकृया दिनुहोस्