मुग्लानले खोसेको एउटा सपना

तस्बिरः शिलापत्र

परिवारको आर्थिक अवस्था कमजोर भएपछि कैलालीको घोडाघोडी नगरपालिका–४ का कल्लाने रोकाया मजदुरीका लागि गत १५ साउनमा भारत गए ।

सन्तानको भविष्य र श्रीमतीको उपचारका लागि प्रशस्त पैसा कमाउने सपना बोकेर मुग्लान पसेका रोकायाको सपना अब कहिल्यै पुरा नहुने भएको छ ।

घरबाट हिँडेको तिन दिनै रोकायाको मृत्युको खबर आएपछि अहिले उनको परिवार साहाराविहीन भएको छ ।

ऋण निकालेर किरियाखर्च गरे पनि अहिले एकछाट टार्न समेत मुस्किल भइरहेको छ । रोजगारीको लागि भारत गएका श्रीमानको भारतमै मृत्यु भएपछि अहिले समस्या भइरहेको उनका श्रीमती जोमती रोकायाले बताइन् । ‘कमाउन भन्दै भारत पसेको तीन दिनमै श्रीमानको मृत्यु भयो । अव १ महिने नाबालक सहित ५ सन्तानलाई म कसरी हेरौँ ?’ आँसु झार्दै उनी भन्छिन् । 

उनका ५ जना छोराछोरी छन् । ‘श्रीमान् बित्नुभयो ५ जना छोराछोरी छन् ,घरको अवस्था यस्तो छ, कमाउने मान्छे कोही छैनन् अब कसरी यिनीहरूको लालनपालन गरौँ,’ जौमतीले गहभरी आँसु पार्दै भन्छिन् ।

प्रकाशित मिति: : 2019-09-01 15:40:20

प्रतिकृया दिनुहोस्