महिलाबाट पनि बाल यौन दुराचार, विदेशी दुराचारीको निसानामा नेपाल

७ साउनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अस्ट्रेलियन नागरिक थोमस अल्फ्रेडलाई पोखराबाट पक्राउ गर्यो । तीन वर्षदेखि कामदार भिसामा नेपाल आएका थोमस पोखरामा प्याराग्लाईडिङ चालकका रुपमा कार्यरत थिए ।

उनलाई सीआईबीको टोलीको बालकमाथि पनि यौन दुराचार गरेको सूचनाको आधारमा पक्राउ गरेको हो । सीआईबीले उनको कोठामा बस्दै आएका १५ वर्षका दुई बालकलाईसमेत उद्धार गरेको थियो । उनको मुद्दा हाल पोखरा जिल्ला अदातलमा विचाराधिन छ । 

यसको एक महिना अघिमात्र बाल यौन दुराचराको अभियोगमा काभ्रेको मण्डन देउपुरबाट क्यानेडियन नागरिक पिटर डग्लसलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई २२ असारमा जिल्ला अदालत काभ्रेले ९ वर्ष कैद र १० लाख जरिवाना सुनाएको थियो ।

पिटरले नेपाल आउनु अघि संयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय कल्याणकारी संस्थामासमेत काम गरेका थिए । 

गत वर्ष ८ साउनमा काठमाडौंको कागेश्वरी–मनहरा नगरपालिका भद्रबासमा घर भाडामा लिएर बस्दै आएका दुई जना फ्रान्सेली नागरिक ३८ वर्षीय मिचेल चुपाउ र ४२ वर्षीय क्रिस्टोफे ग्योलक्स पक्राउ परे ।

उनीहरुमाथि लामो समयसम्म घर भाडामा लिएर स्थानीय १० देखि १४ वर्षका बालबालिकाहरुलाई यौन दुराचार गरेको अभियोग थियो । सिआईबीले दिएको जानकारी अनुसार उनीहरुले ८ जना बालबालिकालाई फुटबल खेलाउँदै, चक्लेट, खाजा खाना खुवाउने प्रलोभनमा पार्दै यौन दुराचार गर्दै आएका थिए ।

प्रकाशित मिति: : 2019-08-29 20:01:08

प्रतिकृया दिनुहोस्