शरीरका अंगमा चित्र बनाउने शिल्पी

काजगलाई क्यानभास बनाई फाइन आर्ट गर्ने रक्षे गुरुङ (३९), अचेल मानिसको छालामा आकृति कुँद्छन्।

]सिसाकलम र कुचिबाट सुरु भएको उनको कलाकारिताको ‘प्यासन’ अहिले व्यावसायीक ‘ट्याटु आर्टिस्ट’ बनेर अडिएको छ । मेसिनको ‘निडल’ ले डो¥याउने रेखामाथि घोत्लिँदै अनेकौँ चित्र कोर्न उनी माहिर छन् ।

शरीरका विभिन्न अंगमा ट्याटु खोपाउने क्रेज पछिल्लो समय निकै बढेको छ । आजभन्दा १५ वर्षअघि पोखरामा उतिसारो ट्याटु खोपाने चलन थिएन, तर त्यति बेलादेखि नै रक्षेले आफूलाई त्यसैमा समर्पित गराए ।

उनलाई यसमै मजा छ । जुन कामले बढी सन्तुष्ट दिलाउँछ त्यहीँ कामलाई निरन्तरता दिनुपर्ने उनी सुनाउँछन् ।

९ वर्षअघिदेखि पर्यटकीय नगरी पोखराको लेकसाइडमा व्यवसाय नै सुरु गरेका रक्षेले । उनले सन् २०१३ देखि ‘हिमालयन इंक ट्याटु’ सञ्चालन गरेका छन् ।

ट्याटु सुन्दा एउटामात्र भए पनि यसका विभिन्न विधा भएको उनले बताए । ट्याटुलाई परिस्कृत गर्ने धुनमा जहिल्यै घोत्लिने रक्षेले ६ वटा स्पेशल क्याटोगरी अफर गर्ने गरेका छन् ।

ट्रेडिसनल, लेटरिङ, एब्स्ट्रयाक्ट/मोर्डन/ओरिजनल कन्सेप्ट, प्रोटेट, ब्ल्याक एन्ड ग्रे रियालिजम र कलर रियालिजम ट्याटु हिमालयन इंकले दिने सेवामा ‘लिस्टेड’ गरेको उनी सुनाउँछन् ।

प्रोटेटमा रियालिजम ट्याटु भने उनको रुची हो । पाखुरा, तिघ्रा र अलि फ्ल्याट स्पेसमा प्रोटेट ट्याटु खोप्न सहज हुन्छ ।

प्रकाशित मिति: : 2019-08-29 16:31:24

प्रतिकृया दिनुहोस्