वाइन चुस्कीमा तीजको दर ! बूढी आमा भन्छिन् : कस्तो चलन आयो बा !

भदौं ८ गते शनिबार । मध्यान्ह हुँदै थियो । राजधानीको एउटा पार्टी प्यालेसमा तीजको भाका घन्किन थाल्यो टोल नै थर्किने गरी । सजिएका दिदीबहिनीले एकछिनमै पार्टी प्यालेस हाउसफुल भयो अनि सुरु भयो तीजको दर पार्टी। 

रातो साडी, छड्के तिलहरी र अनि सुनले सजिएका दिदीबहिनीले पार्टी प्यालेस रंगिन थियो। टोलका दिदीबहिनीले प्रतिव्यक्ति हजार रुपैयाँका दरले पैसा उठाएर दर कार्यक्रमको आयोजना गरेका रहेछन्।

हल्का कोल्ड ड्रिंक्सपछि एक घन्टा जति दिदीबहिनीले तीजका नेपाली गीत मै 'डान्स' गरे। त्यसपछि बाँडियो दरको स्‍न्याक्स । मेन्युमा थियो, चिकेन फ्राइ, मटन फ्राइ, म:म,  प्राउन,पापड अनि केही थरी वाइन र बियर । प्राय: सबैका हातमा थियो ग्लास । ग्लासमा थियो वाइन । वाइनको चुस्कीसँगै दिदीबहिनी दर पार्टीमा निकै चम्किएका थिए।

पार्टी प्यालेसका संचालक भन्दै थिए, स्‍न्याक्स भन्दा पनि वाइनकै डिमान्ड बढी। पुर्‍याउनै गाह्रो। बढी नै खपत हुन थालेपछि ट्रे मा वितरण गर्न छोडियो। अनि दिदीबहिनी फेरि बारतिर झुम्मिए। 

वाइनको नसाले रमाएका युवती भन्दै थिइन् ' ह्‌या यार, कति तीजकै मात्र गीत बजाएको। अब राम्रो बजाउनु पर्‍यो, अलि हट चाहियो। 

अनि डिजे भाइ पनि हल्का मुस्कान दिँदै टाउको कन्याउन थाल्यो । युट्यूबमा सर्च गरेर हट आइटम बजायो। मुन्‍नी बदनाम हुइँ डार्लिङ तेरे लिए... हट गीतले पार्टी प्यालेस गुन्जिन थाल्यो। एकछिन अघिको तीजको दर पार्टी 'अब मुन्‍नी बद्‍नाम हुइँ...तिर मोडियो । म्युजिक र त्यहाँको माहोल हेर्दा लाग्थ्यो रातमा रंगिएको एउटा क्लब। 

प्रकाशित मिति: : 2019-08-27 17:06:47

प्रतिकृया दिनुहोस्