पूरानो बसपार्क कब्जा प्रकरण: आकाशे पुल बनाएका भेटवालको महानगर कनेक्सन

काठमाडौं। काठमाडौंमा आकाशे पुल बनाएका मनोज भेटवाल र काठमाडौं महानगरपालिकाका उच्च तहका कर्मचारीबीचको प्रगाढ सम्वन्धकै कारण पाँच वर्षअघि पूरानो बसपार्कमा व्यवसायिक भवन बनाएर ३० वर्ष संचालनको अनुमति पाए।

महानगरका कर्मचारीले आफ्नो व्यक्तिगत स्वार्थका आधारमा भेटवालको कम्पनीलाई बसपार्क सुम्पिए। काठमाडौंको केन्द्रमा रहेको यो बसपार्क उनले कसरी भाडामा पाए? पाँच वर्षअघि महानगरका कर्मचारीले सार्वजनिक निजी साझेदारीमा बसपार्कमा भ्यूटावर बनाउने योजना बुने।महानगरका कर्मचारीसँग राम्रो सम्वन्ध भएका भेटवालले भ्यूटावरको योजना बन्दै गर्दा जानकारी पाए।

 
 

भ्यूटावर बन्ने जानकारी पाउनेवित्तिकै भेटवालले जलेश्वर निर्माण कम्पनी दर्ता गरे।उनले दर्ता गरेको कम्पनीको कारोबार शुन्य थियो।त्यसपछि उनले स्वच्छन्द र विकोई विल्डर्ससँग जेभी बनाएर आवेदन दिए।यो संयुक्त कम्पनी बनाउनुको एउटै उदेश्य थियो-‘भ्यूटावर हात पार्नु।’कालिका कन्स्ट्रक्सनसहित ६ वटा कम्पनीलाई पछि पार्दै भेटवालको कम्पनीले भ्यूटावर बनाउन जिम्मा पायो।'

निजी क्षेत्रसँग धरहराको विकल्प हुने गरि २९ तलाको भ्युटावर बनाउन सम्झौंता गरिएको कम्पनी बसपार्कमा झुपडी हालेर लाख बटुल्न लागेबाट कस्तो कम्पनी हो भन्ने स्पष्ट देखिन्छ।नेपालका नाम कमाएका कम्पनीलाई पछि पार्दै भेटवालको कम्पनीलाई दिन महानगरका कर्मचारीनै सहभागी थिए।उनीहरुले आकाशे पुलमा गरेको मिलेमतोकै आधारमा भेटवाललाई अर्बौको प्रोजेक्ट सुम्पिएका थिए।त्यही कारण पाँच वर्षदेखि बसपार्क भेटवालको कब्जामा छ।

अस्थायी बसपार्क अझै भेटवालको हातमा

महानगरपालिकाले अस्थायी बसपार्कको व्यवस्थापनको जिम्मा भेटवालकै हातमा दिइएको छ। बार्षिक रुपमा ५० लाख रुपैयाँ महानगरपालिकालाई बुझाउने गरि त्यही कम्पनीलाई दिईएको महानगरपालिकाको सार्वजनिक निजी साझेदारी खरीद इकाइका प्रमुख ध्रुब काफ्लेले जानकारी दिए।उनका अनुसार भेटवालको कम्पनीले बससँग शुल्क उठाइरहेको छ।

भ्युटावर निर्माण गर्न सम्झौंता भएपछि महानगरपालिका र ट्राफिक प्रहरीका छलफल भयो। महानगरपालिकाले बसहरुलाई सीधै टुँडिखेल घुमाएर गन्तव्यमा पठाउन ट्राफिकसँग आग्रह गरेको थियो।ट्राफिक प्रहरीले बसपार्क नरहे अत्यधिक जाम हुने भन्दै व्यवस्थापन गर्न नसक्ने बताएपछि अस्थायी बसपार्क बनाउने योजना बन्यो।

प्रकाशित मिति: : 2019-08-27 13:12:12

प्रतिकृया दिनुहोस्