'कम्युनिष्ट पार्टी अहिले कोमामा छ, त्यसैले मनपरि भइराखेको छ'

नेकपाभित्र चिन्तनशील, अध्ययनशील नेताको छवि बनाएका राम कार्की

नेकपाभित्र चिन्तनशील, अध्ययनशील नेताको छवि बनाएका राम कार्कीसँग रातोपाटीका लागि चन्द्र खाकी र बबिता शर्माले गरेको कुराकानी ।

मार्क्सवादी विश्वदृष्टिकोणबाट हेर्दा नेपालको वर्तमान राजनीतिक परिस्थतिलाई कसरी हेर्ने,कसरी बुझ्ने?

विगतको पाँच दशकमा प्राकृतिक विज्ञानले चमत्कारी विकास गर्‍यो तर समाज विज्ञान त्यसको समकक्षमा जान सकेन, त्यो पछाडि पर्‍यो । त्यसको परिणति के भयो भने आज जुन संकटबाट पूँजीवाद समाज गुज्रिरहेको छ, त्यो संकटबाट पार पाउने कसरी भन्ने विषयमा पूँजीवादी कित्ताभित्रै ठूलो अलमल रहेको हामी पाउन सक्छौं ।

*******

लेनिनको नेतृत्वको बोल्सेभिक जस्तो पार्टी त्यहाँ हुन्थ्यो भने अहिले अमेरिका, बेलायत, जर्मनी जहाँसुकै क्रान्तिको स्थिति छ, त्यति डरलाग्दो संकट छ ।

*******

लेनिनको नेतृत्वको बोल्सेभिक जस्तो पार्टी त्यहाँ हुन्थ्यो भने अहिले अमेरिका, बेलायत, जर्मनी जहाँसुकै क्रान्तिको स्थिति छ, त्यति डरलाग्दो संकट छ । संसदीय व्यवस्थाको जननी भनिएको ठाउँमा नै सबैभन्दा बढी संकटको स्थिति हामी देख्न सक्छौं । अहिले नेपालमा पनि देखिएको संकटको तुँवालो वास्तवमा पूँजीवादभित्रकै तुँवालो हो ।

*******

विगत १५,२० वर्षदेखि,माओवादी खुला भएर आएदेखि अध्ययन गर्दै जाऔं,हामीले कहीँ पनि हिँडिरहेको परम्परागत बाटोसँग सम्बन्ध विच्छेद गरेका छैनौं । जीवन चाहिँ पूँजीवादी बाँचेर समाजवादी बाटो तय गर्न सकिँदैन ।

*******

यो विगत १५, २० वर्षमा यहाँ प्वाइन्ट अफ डिपार्चर अर्थात् हिँडिरहेको बाटोबाट अर्को नयाँ बाटो हिँड्ने प्रयास भएकै छैन । जस्तो, यहाँ सरकारले बनाउने कार्यक्रम, नीति बजेटहरु करिब करिब समाजवादोन्मुख छैन । शिक्षा, स्वास्थ्य नीति तथा विकास रणनीति समाजवादअनुकूल छैन । विगत १५, २० वर्षदेखि, माओवादी खुला भएरआएदेखि अध्ययन गर्दै जाऔं, हामीले कहीँ पनि हिँडिरहेको परम्परागत बाटोसँग सम्बन्ध विच्छेद गरेका छैनौं । जीवन चाहिँ पूँजीवादी बाँचेर समाजवादी बाटो तय गर्न सकिँदैन । समाजवादी बाटो तय  गर्न सबैभन्दा पहिलो कुरा तपाईं पारदर्शी हुनुपर्छ । जनताको ग्रहणशीलता बढाइदिनुपर्छ ।

 ६०, ७० को दशकमा नेपालका वामपन्थी आन्दोलनको नेतृत्वमा देखिएका व्यक्तित्वहरु कम्युनिष्ट आदर्शहरु थिए । त्यसबेला रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द्र राजवंशी, कृष्ण कुँइकेल, नारायण श्रेष्ठ, आजाद, रत्नकुमार वान्तवा, हरि नेपाल लगायतका नेताहरुलाई मानिसहरुले आदर्श विम्बको रुपमा हेर्थे र त्यतिबेला उनीहरुको सादगी, खानपीन, लवाइ, बसाइ आचार विचारहरु पारदर्शी थिए ।

जनकपुर, महोत्तरीतिर एक समय म काम गर्दा त्यहाँका अधिकांश घरहरु खरका घर थिए । त्यहाँ यातायातको साधान साइकल थियो ।  आज त्यहाँ सबै घर पक्का घर बनेको छ र हरेक घरमा मोटरसाइकल छ । हाम्रा समर्थकहरुको जीवनमा आएको त्यो परिवर्तनले हामीलाई पनि स्वभाविक रुपमा फेर्छ । त्यसैले हाम्रो खुट्टामा फाटेको जुत्ता नखोज्नुस् अब, हामी जाडोले कामेको नहेर्नुस्, त्यस्तो नखोज्नुस् । त्यो त हाम्रा समर्थकलाई पनि भन्नुपर्‍यो तर साथसाथै हामी पनि पारदर्शी हुनुपर्‍यो । समर्थकहरुमा आएको परिवर्तनले नै हामीमा पनि परिवर्तन आएको छ भन्ने कुरा पनि बुझ्नु पर्‍यो ।

*******

हाम्रो कम्युनिष्ट आन्दोलनमा अहिलेसम्म राजनीतिक,सैद्धान्तिक गल्ती गरेको कसैलाई पनि  कारवाहीको कठघरामा उभ्याइँदैन । आन्दोलनमा कारवाही भनेको खालि पुरुष र महिलाको सम्बन्धलाई लिएर मात्रै भएको छ ।

*******

हाम्रो कम्युनिष्ट आन्दोलनमा अहिलेसम्म राजनीतिक, सैद्धान्तिक गल्ती गरेको कसैलाई पनि  कारवाहीको कठघरामा उभ्याइँदैन । आन्दोलनमा कारवाही भनेको खालि पुरुष र महिलाको सम्बन्धलाई लिएर मात्रै भएको छ । फेरि त्यो पुरुष र महिलाले नालिस दिएर होइन, अधिकांश चियोचर्चो गरेर भएको छ । त्यो भनेको एक प्रकारको सामन्तवादी सोच नै हो ।

समाजवादी आन्दोलन भनेको अन्तर्राष्ट्रिय आन्दोलन हो, यसको अन्तर्राष्ट्रिय आयाम पनि छ ।

उपरोक्त पृष्ठभूमिमा मैले भन्न खोजेको कुरा के हो भने, नेपालमा देखिएको संकट पूँजीवादभित्रको संकट हो । हामीले समाजवाद अवलम्बन गरेपछि मात्रै समाजवादमा संकटहरु देखापर्न थाल्छ । समाजवादमा पनि आफ्नो संकट छ । तर समाजवादका निम्ति संघर्ष गरेपछि मात्रै समाजवादी संकटहरु देखापर्न थाल्छ र त्यसलाई समाधान गर्दै जान हामी एउटा नयाँ सिद्धान्त अपनाउन सक्छौं ।

नेपाललाई अहिले एउटा नयाँ राजनीतिक कार्यदिशा र त्यसअनुकूल हुने संगठन चाहिएको छ । अहिले धुँवाधुँवा कुहिरीमण्डल देखिनुको कारण हामीले समाजवादी कार्यदिशा तय गर्न नसकेर नै हो ।

प्रकाशित मिति: : 2019-08-26 12:54:27

प्रतिकृया दिनुहोस्