नेकपामा प्रचण्डको सक्रियता बढ्यो, पूर्वएमालेभित्रको विवाद मिलाउन पहल लिँदै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियता बढेको छ । अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएसँगै कार्यकारी भूमिका निर्वाह गर्न पाएका प्रचण्डले नेताहरूबीच भेटघाटलाई तीव्रता दिएका छन् ।

अध्यक्ष प्रचण्डले शुक्रबार बिहान पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरे । नेता नेपाल पार्टीको पछिल्लो कार्यविभाजन तथा वरीयता हेरफेरप्रति असन्तुष्ट रहँदै आएका छन् । असन्तुष्टिकै बीच बसेको बिहीबारको सचिवालय बैठक पनि अध्यक्ष ओली र नेता नेपालबीच गलफत्तीमा परिणत भयो । पूर्वएमालेबीच बढेको ध्रुवीकरण र रिक्तता मेटाउन अध्यक्ष प्रचण्डले भूमिका खेल्न थालेको नेकपाका नेताहरु बताउँछन् ।

प्रकाशित मिति: : 2019-08-25 18:15:25

प्रतिकृया दिनुहोस्