फेसबुक, राज्य र रवि लामिछाने

सूर्य थापा : रवि व्यक्ति हो राज्य संस्था- त्यसैले व्यक्ति हैन, राज्य नै ठूलो बनाउनुपर्छ । राज्य बलियो भए एक रवि हैन, करोडौं रवि बलियो हुन्छन् ।

शालिकराम पुडासैनी आत्महत्या काण्डको आरोपीका रूपमा रवि लामिछाने पक्राउ परेपछिको घटनालाई लिएर देशभित्र र बाहिरसमेत नेपालीहरुको मत र मन विभाजित छ । भौगोलिक रुपमा साता समुन्द्र पार रहे पनि हरपल पहिला जन्मभूमिकै चासो र चिन्ता लागिरहने एक किसिमको ‘रोग’ नै लागेको छ हामी परदेशीलाई । आफू पनि त्यही कोटीमा परेकाले यो तातो विषयमा आएका क्रिया–प्रतिक्रियाका बारेमा जानकार नहुने भन्ने कुरै भएन ।

रवि लामिछाने कुनै बेलाका मेरा सहकर्मी हुन् । उनी यस्तो घटनामा आरोपित भएका बेला के गर्ने ? के बोल्ने ? भनेर म लामो समयसदेखि द्विविधामा थिएँ । एक किसिमले भन्दा कानुनले आफ्नो बाटो लिन्छ, जे हुन्छ, राम्रैका लागि हुन्छ भनेर मौनता साँधेर रमिता हेरिरहेकै थिएँ । ताली र गाली नपाउने यो भूमिका नै सहज भूमिका पनि हो ।

प्रकाशित मिति: : 2019-08-25 18:06:50

प्रतिकृया दिनुहोस्