क्यान्सर लागेपछि नलुकाउन डाक्टरको सुझाव, 'जति छिटो परीक्षण, त्यति छिटो उपचार'

मृत्यु के हो भन्ने जान्न क्यान्सर लागेको मानिसलाई सोध्नुस्'

समाजको चल्तीको एउटा भनाई।

यसले क्यान्सर मृत्युको कति नजिक छ भन्ने बुझाउँछ। नयाँ प्रविधिले क्यान्सरको उपचारलाई सम्भव बनाए पनि वर्षेनी हजारौँ मानिसहरुको मृत्युको कारक बनेको छ, क्यान्सर।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार वर्ष २०१८ मा संसारभर ९६ लाख मानिसहरुको क्यान्सरका कारण मृत्यु भएको छ, भने एक करोड ८१ लाख विरामी थपिएका छन्।

पाँच जना पुरुषमा एकजना र छ जना महिलामा एकजनालाई जीवनको कुनै कालखण्डमा क्यान्सर लाग्ने गरेको डब्लुएचओले जनाएको छ। त्यस्तै, क्यान्सर लागेका आठ जना पुरुषमा एकजना र ११ जना महिलामा एकजनाको मृत्यु हुने गरेको उसले बताएको छ।

नेपालमा पनि हरेक वर्ष क्यान्सरका बिरामीहरु बढ्दै गइरहेको भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोशन प्रजापति बताउँछन्। सन् २००३ मा एक हजार ४८८ पुरुष र एक हजार ७६३ महिलामा क्यान्सर देखिएका थियो। सन् २०१२ सम्म आइपुग्दा तीन हजार २९१ पुरुष र तीन हजार ९२१ महिला क्यान्सरको पीडित बनेको एसिया पेसिफिक जर्नल अफ क्यान्सर प्रिभेन्सनको तथ्यांकले देखाएको छ। यो अंक अझ बढ्दै जाने अनुमान गरिएको छ।

क्यान्सर जुन कुनै उमेर समूह, वर्ग, पेशा, जात, धर्मका मानिसहरुलाई हुन सक्छ। यसबारे सचेत भइएन भने यसको सिकार जो कोही पनि हुन सक्छ।

क्यान्सर के हो?

क्यान्सरसम्बन्धी बुझ्न हामीले हाम्रो शरीरका कोषको बारेमा जान्नुपर्ने हुन्छ। मानव शरीर एउटा जैविक भट्टी हो। जसमा हामीले खाएको खाना जलेर शक्तिमा परिणत हुन्छ, त्यसबाट नै हामीलाई हिँडडुल गर्न, सास फेर्न, सोँच्न तथा न्यानो रहन शक्ति मिल्छ। र त्यो कार्यका लागि शरीरमा रहेका अति सुक्ष्म कोषहरुले हरपल, प्रत्येक सेकेण्ड काम गरिरहेका हुन्छन्। र ती कोषहरु आफैँ विभाजन पनि भइरहेका हुन्छन्। हरेक दिन करोडौँ करोड कोषहरु विभाजन भइरहेका हुन्छन्।

प्रकाशित मिति: : 2019-08-24 20:01:27

प्रतिकृया दिनुहोस्