सांसद आफैँ ठेकेदार, सडककाे हालत यस्ताे

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले शुक्रबार चावहिल–जोरपाटी–सांखु सडक खण्डको स्थलगत अनुगमन गरेका छ।

सभापति कल्याणी खड्काको नेतृत्वमा सांसदहरु, सडक आयोजनाका कर्मचारी तथा पत्रकारहरु समेत सहभागी टोलीले सडक अनुगमन गरेको हो। सडक अनुगमन पछि सभापति कल्याणी खड्काले जिम्मेवारी भित्रको काम समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीहरुलाई निर्देशन दिइन्। सडक अनुगमन गर्न आउने थाहा पाएपछि खाल्डो पुर्ने प्रवृति गलत भएको भन्दै जनतालाई कमजोर नठान्न चेतावनी नै दिइन्। उनले भनिन् ‘बिरालोलाई लगेर तपाईले ढोकामा थुनिदिनुभयो भने तपाईको घाँटी च्याप्न आउँछ।’

सभापतिको कडा निर्देशन पछि अनुगमनका क्रममा ठेकेदार कम्पनी, स्थानीय जनप्रतिनिधि र सडक विस्तार आयोजनाका प्रतिनिधिबीच आरोप प्रत्यारोप नै चल्यो। जनप्रतिनिधिले ठेकेदारले काम गर्न अटेरी गरेको र अनुगमन आउने थाहा पाएपछि सडकका खाल्डा पुर्ने काम गरेको बताए। ठेकेदार कम्पनीका प्रतिनिधिले भने स्थानीय जनप्रतिनिधिले बाटो विस्तारमा असहयोग गरेको गुनासो गरे। ठेकेदार कम्पनीका प्रतिनिधिले सडकको डिजाईन दिन ढिलाई गरेका कारण समस्या भएको भन्दै सम्पुर्ण दोष आयोजना तर्फ थुपारेपछि आयोजना प्रमुखले प्रतिवाद गरेका थिए।

चावहिल जोरपाटी सडक खण्डको निर्माण ठेक्का लिएका ४ वटा कम्पनी मध्ये एउटा लामा सामानान्तर जेभी मध्येको लामा कन्स्ट्रक्सनका मालिक जीपछिरिङ लामा विकास समितिका सदस्य पनि हुन्।

प्रकाशित मिति: : 2019-08-24 08:06:30

प्रतिकृया दिनुहोस्