गाउँपालिका अध्यक्षलाई २ करोड फिरौती माग्ने कार्यमा उपाध्यक्ष र वडाध्यक्षकै संग्लनता

काठमाडौं- रामेछापको लिखु गाउँपालिकाका अध्यक्षलाई धम्की दिँदै मोटो रकम असुल्न खोज्ने कार्यमा सोही गाउँपालिकाकी उपाध्यक्षको संलग्नता देखिएको छ। 

प्रहरीले उपाध्यक्ष दिपशिखा न्यौपाने दाहालको संलग्नता देखिएपछि उनीविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ। प्रारम्भिक अनुसन्धानमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको विवादमा यस्तो घटना भएको निष्कर्ष निकाल्दै प्रहरीले पक्राउ पूर्जी जारी गरेको जनाएको छ।

 प्रहरीले उपाध्यक्ष दाहालसँगै उक्त प्रकरणमा संलग्न भएको भन्दै तत्कालीन नेकपा (माओवादी)का नेता 'सन्दीप' भनिने ध्रुव कार्की र सोही गाउँपालिकाको ७ नम्वर वडाका वडाअध्यक्ष सुवास बोहोरालाई पनि पक्राउ पूर्जी जारी गरेको छ।

यसअघि प्रहरीले साउन २४ गते दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको थियो। अपराध महाशाखाको टोलीले स्वयम्भुको विजेश्वरीबाट उनीहरुलाई पक्राउ गरेको थियो। एक घरमा लुकेर बसेका उनीहरुलाई पक्राउ गर्न खोज्दा भागेका थिए। त्यसक्रममा प्रहरीले गोली चलाउँदा 'लोप्चन लामा' भनिने मिलन तामाङको घुँडामा दुई वटा गोलीसमेत लागेको थियो। सो क्रममा उनीसँगै रहेका अमृत तामाङ पनि पक्राउ परेका थिए।
प्रकाशित मिति: : 2019-08-23 16:58:16

प्रतिकृया दिनुहोस्