दिनको एक चक्की औषधि, जसले घटाउँछ हृदयघात र स्ट्रोकको जोखिम

चार थरीका औषधि रहेका पिल्स (औषधिको गोली) दैनिक सेवन गर्दा हृदयघात तथा स्ट्रोकको दर एक तिहाईले कम गर्ने एक अध्ययनले देखाएको छ ।

रगत पातलो बनाउने एस्पिरिन, कोलेस्ट्रोल कम गर्ने स्टाटिन र रक्तचाप कम गर्ने दुई औषधि रहेको पोलीपिल नामक चक्की दैनिक सेवन गर्दा स्ट्रोक र हृदयघात घटेको देखिएको हो ।

इरान र बेलायका अनुसन्धानकर्ताले गरेको अनुसन्धानमा सीमित खर्चमा पोलीपिल चक्कीको ठूलो सकारात्मक प्रभाव देखिएको हो ।

सीमित उमेर पार गरेका व्यक्तिलाई दैनिक यो औषधि दिन सकिने अनुसन्धाकर्ताले बताएका छन् । विशेषगरी कम विकसित तथा गरिब देश, जहाँका डाक्टरसँग सीमित मात्रै विकल्प हुन्छन् र सर्वसाधारणसम्म पुग्ने सम्भावना कम हुन्छ, ती देशमा यो औषधि प्रभावकारी हुने जनाइएको छ ।

विश्वव्यापी रुपमा कोरोनरी हार्ट डिजिज र स्ट्रोक मृत्युका प्रमुख दुई कारणमा पर्छन्, जसका कारण बर्सेनि एक करोड ५० लाख मानिसको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति: : 2019-08-23 16:42:37

प्रतिकृया दिनुहोस्