सुटिङको डाइटमा भारोत्तोलन अभ्यास, अँध्यारो कुनामा उचाल्दै आश

दक्षिण एसियाली खेलकुद (साग) को पहिलो संस्करणबाट सम्मिलित थोरै खेलमध्येको एक हो– भारोत्तोलन। सागमा नेपाली खेलकुदलाई सबैभन्दा धेरै पदक जिताउने खेल पनि यही हो।

नेपालले आगामी मंसिर १५ देखि २४ सम्म गर्ने भनिएको १३औं साग समयमै हुने/नहुने अन्योल कायम छ। प्रतियोगिताको अन्योल एकातिर, अभ्यासका लागि खेल सामग्री अभाव अर्कोतिर उस्तै छ। त्यति हुँदाहुँदै घरमै हुने भनिएको दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सवका लागि नेपाली भारोत्तोलन खेलाडीले प्रशिक्षण थालिसकेका छन्।

पुनर्निर्माण क्रममा रहेको दशरथ रङ्गशालामा प्यारापिटमुनि सानो कुचुक्क परेको कोठामा २१ खेलाडी जसोतसो भारी उठाउने अभ्यास गरिरहेका छन्। २१ जना एकैपटक उभिने हो भने त्यो कोठामा अट्न पनि मुश्किल पर्छ। खेल सामग्री सबै पुराना छन्। भएका पनि पर्याप्त छैनन्। तर, निरन्तर अभावको नियति भोग्न बाध्य खेलाडीको जोशमा प्रशासनको यो नालायकीले रत्तिभर कुप्रभाव पार्न सकेको छैन।

प्रकाशित मिति: : 2019-08-23 16:35:07

प्रतिकृया दिनुहोस्