भोलि सार्वजनिक बिदा: हनुमानढोका, पाटन र भक्तपुरका संग्रहालयमा निःशुल्क प्रवेश

फाइल तस्बिर

सरकारले संविधान दिवसको अवसरमा शुक्रबार एक दिन हनुमानढोका, पाटन र भक्तपुरमा रहेका राष्ट्रिय संग्रहालय निःशुल्क प्रवेश गर्न दिने निर्णय गरेको छ।

बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् । २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा भोलि सरकारले सार्वजनिक बिदा पनि दिएको छ।

 

प्रकाशित मिति: : 2019-09-19 17:02:39

प्रतिकृया दिनुहोस्