फास्ट ट्र्याक: नेपाली सेनाको ताकेतापछि डीपीआर स्वीकृत, अबको प्रक्रिया यस्तो

काठमाण्डूलाई निजगढसँग जोड्न उच्चस्तरको सडक सञ्जालको रूपमा बहुचर्चित फास्ट ट्र्याक वा द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत भएपछि प्रतिक्रिया दिँदै यसको निर्माणको जिम्मा पाएको नेपाली सेनाले अब यसका पुल तथा सुरुङ निर्माणका प्रक्रिया अघि बढाउन सहज हुने बताएको छ।

"तिनका निर्माणका निम्ति अर्को १०/१२ दिनमा टेन्डरसम्बन्धी कागजपत्र तयार हुनेछन्," सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए। 

तीबाहेक अहिले पनि जारी रहेका कतिपय निर्माण कार्यले अब थप गति लिने उनले बताए।

सेनाले प्रस्ताव गरेको डीपीआरमा २०७९ सालको साउनमा द्रुतमार्ग तयार गरिने र त्यसका लागि कर सहित १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने उल्लेख छ।

"मन्त्रिपरिषद्ले पारित गरेको डीपीआर त मैले हेरिसकेको छैन, तर हामीलाई लाग्छ ती विषय परिवर्तन भएका छैनन्," पाण्डेले बताए।

उनका अनुसार आयोजना सम्पन्न गर्ने समयसीमा भने 'अलिकति महत्त्वाकाङ्क्षी' रहेको छ।

प्रकाशित मिति: : 2019-08-22 18:48:04

प्रतिकृया दिनुहोस्