राष्ट्र बैंकका कर्मचारी नै चोर्छन् नोटका बन्डल (भिडियोसहित)

नेपाल राष्ट्र बैंक अर्थात् राष्ट्रको ढुकुटी। तीन तहको सुरक्षाघेरा र तालाबन्दी।

नेपाल राष्ट्र बैंककै कर्मचारीले राष्ट्रको ढुकुटी कसरी चोरी गरे?

राष्ट्र बैंकभित्रै भएको एउटा चोरी घटनाको सिसिटिभी फुटेज नेपालन्युजलाई प्राप्त भएको छ।

घटना राष्ट्र बैंकको विराटनगर कार्यालयमा भएको हो। नेपालन्युजलाई प्राप्त फुटेज र चोरीसम्बन्धी प्रतिवेदनले राष्ट्र बैंकका कर्मचारीको कर्तुत खुलेको हो।

नोट कटिङ कोठाका कर्मचारीले बन्डलबाट नोट झिकेर लैजाने गरेको पत्ता लागेको छ।

यसरी चोरियो राष्ट्र बैंकबाट पैसा 

राष्ट्र बैंकको विशेष निरीक्षणको प्रतिवेदनअनुसार यो घटना २०७३ साल साउन १७ को हो।

नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयको धुल्याउन तयार गरिएका नोट चोरी भएको थियो। नोट छनोेट समितिले अनुसन्धानका क्रममा नोट गणना गर्दा एक हजार रुपैयाँ दरका नोट एक प्याकेटमा तीन थान कमी पाएपछि छानबिन थालेको थियो।

छानबिन क्रममा सिसिटिभी फुटेज हेर्दा कार्यालय सहयोगी मुनेश्वर डोमको गतिविधि शंकास्पद देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

 

प्रकाशित मिति: : 2019-08-22 18:40:14

प्रतिकृया दिनुहोस्