घरभित्र कसरी छिर्‍यो पेट्रोल पम्प ?

काठमाडौं । सोह्रखुट्टेबाट बालाजु चोकतर्फ जाँदै गर्दा विष्णुमती खोलाको पुल सकिनेबित्तिकै बाँयातर्फ हेर्नुभयो भने एउटा रोचक दृष्य देख्नुहुन्छ । त्यहाँ एउटा पेट्रोल पम्प घरभित्रै निर्वाध सञ्चालित छ ।

कोतः धुक आयल स्टोर नामको पेट्रोल पम्प साढे ४ तले घरको भुइँतल्लामा चलाइएको हो । घरका चार सटरमध्ये दुई सटरमा पम्पको हिसाब–किताब गर्ने डेस्क र टायर तथा लुब्रकेन्ट पसलसँगै पेट्रोल भर्ने पम्प छ । अर्को दुईवटा सटरमा रहेको एसएमएस इलेक्ट्रो कन्सर्नसँगै डिजेल पम्प छन् । इन्धन भर्ने दुई पम्प घरको खुड्किलामा देखिएपछि सबैको प्रश्न हुन्छ, पम्पमा आउने तेलको भण्डार र सुरक्षाको लागि अतिआवश्यक पर्ने पानी भण्डारण ट्याङ्की कहाँ होला ?

पम्पका म्यानेजर नवराज भट्टका अनुसार पम्पको लागि आउने तेलको भण्डारणका लागि घर भित्रको ग्राउण्ड फ्लोरको कोठा प्रयोग गरिएको छ । कोठाभित्रै बनाइएको ट्याङ्कीमा डिजेल–पेट्रोल भण्डारण हुने उनले बताए । पानी भण्डारणका लागि भने छतमा ट्याङ्की बनाइएको छ । यदि कुनै दुर्घटना भएर पम्पमा पानी चाहियो भने बाथरुमबाट पाइप लगाएर ल्याउनुपर्ने एक कर्मचारीले बताए ।

प्रकाशित मिति: : 2019-08-22 10:21:49

प्रतिकृया दिनुहोस्