जयशंकरको दौडधुप–काश्मीर मामिलामा समर्थनको खोजी

नेपाल–भारत संयुक्त आयोगको दुईदिने बैठकमा भाग लिन आएका भारतका विदेशमन्त्री एस जयशंकरले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि ट्विट गर्दै भनेका छन्, “न्यानो र गहिरो कुराकानी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छ । उहाँको धेरै ‘प्रिओक्युपेसन’ हुँदाहुँदै पनि मलाई भेट दिनु भएकोमा स्रहाना गर्दछु ।”

पहिलो भिआईपी महिला स्कटर: प्रधानमन्त्री गिरिजादेखि राष्ट्रपति विद्या भण्डारीसम्म (भिडियोसहित)

वास्तवमा भारतका विदेशमन्त्री जय शंकरको बारेमा नेपालमा केही नकारात्मक धारणासमेत पाइने गरेको छ । हुन पनि उनले नेपालमा संविधान बन्नुभन्दा केही दिनअघि मात्रै यहाँ आएर संविधान केही समय नल्याउन आग्रह गरेका थिए । त्यसबेला प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा आएका जयशंकरको आग्रह नेताहरुले नमानेपछि नाकाबन्दीको सामना गर्नुपरेको थियो ।

प्रकाशित मिति: : 2019-08-22 04:56:27

प्रतिकृया दिनुहोस्