नेकपा महासचिवको प्रश्न : अब गुट बनाउने कि पार्टी ?

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबईबाट फर्केपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आन्तरिक काम नाटकीय रुपमा फटाफट अगाडि बढे । पार्टी एकता घोषणा गरेको १५ महिनापछि नेकपाले एकीकरणका सबै काम करिब करिब टुंगिएको छ । शुक्रबार र आइतबार बसेको सचिवालय बैठकले कार्यविभाजनका काम टुंगाउँदै केही नयाँ निर्णय समेत गर्यो । जसले नेकपाको शक्ति समिकरणमानै एकाएक फेरबदल आयो । विधानले नचिनेको उपाध्यक्ष पद सिर्जना गरेर त्यसमा वामदेव गौतमलाई प्रस्ताव गर्र्यो । र, अर्को महत्त्वपूर्ण तेस्रो वरियतमा रहेका माधवकुमार नेपाल चौथौ वरियता र चौथो वरियतामा रहेका झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गर्यो । यो निर्णयसँगै नेता नेपाल असन्तुष्ट बनेका छन् । र, केही जनवर्गीय संगठनका इन्चार्जमा समेत उनको असहमति छ । जसले गर्दा नेकपाकोे विवाद प्रष्टै देखिएको छ । एकीकरणका काम टुंगिएपछि अव नेकपाले कसरी अगाडि बढ्छ ? वरिष्ठ नेताको लिखित रुपमा दर्ज भएका असन्तुष्टि कसरी हल गर्छ ? र, आगामी दिनमा विवाद कसरी हल हुन्छ ? लगायतका विषयमा नेकपाका महासचिव विष्णु पौडेलसँग रातोपाटीका लागि रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश :
 तपाईंं पार्टीमा कसरी शक्तिशाली हुनुहुन्छ/भइरहनु भएको छ ?

म आफूलाई शक्तिशाली ठान्दिनँ । म पार्टीको साधारण कार्यकर्ता हुँ । पार्टीको उद्देश्य, आदर्श बोकेर हिँड्ने सदस्य हुँ ।

तपाईं त्यो भन्नुहुन्छ तर यत्रो शक्तिशाली पार्टीको महसचिव पद अन्य नेताहरुलाई पछाडि पार्दै हात पार्नुभयो ?

मैले महासचिव पदका लागि इच्छा जाहेर गरेको र पहल गरेको होइन । परिस्थितिले पार्टीले मलाई जिम्मेवारी दियो । म यो जिम्मेवारी बहन गर्ने कोसिस गरिराखेको छु ।

प्रकाशित मिति: : 2019-08-21 19:30:52

प्रतिकृया दिनुहोस्