कतारको रोजगारी : अवैध आजाद भिसाका नाममा बढ्यो ठगी

काठमाडौं- सल्यान जिल्ला कालीमाटी गाउँपालिका-१ का दीपक राना (राहदानी नम्बर ०९४७८९५४) रोजगारीका लागि कुवेत जाने भनेर परिवारसँग बिदा भएर हिँडे। तर उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि मात्रै थाहा भयो आफ्नो गन्तव्य मुलुक त कतार पो रहेछ!

'साँझको उडान थियो। त्यसअघि मलाई भिसा लागेको पासपोर्ट पनि दिइएको थिएन। विमानस्थल पुगेपछि पो काम गर्न कतार जानुपर्ने रहेछ भन्ने कुरा थाहा भयो,' उनले भने। कुवेत भन्दै कतार लैजाने सुनाएपछि दीपकले झुक्याएर कतार लैजान लागेको भन्दै एअरपोर्टबाटै फर्किने निर्णय पनि गरे।

प्रहरीको निगरानीमा सामाजिक सञ्जाल र यूट्यूव, रविका थप ९ सर्मथक पक्राउ

तर उनलाई पावर वर्कर प्रालि म्यानपावरका एजेन्टले 'कतारमा राम्रो काम छ, कुवेतकै आल्मुनियम कम्पनीको शाखा हो। तलब खान बस्न सुविधासहित १२ सय कतारी रियाल हो' भनेर सुनाएका थिए। ‘त्यो आल्मुनियम कम्पनीमा काम नमिले छानीछानी अन्यत्र कम्पनीमा काम पाइन्छ भनेपछि म पनि जान तयार भएँ। सोझो मान्छे सजिलै सबै कुरा पत्याएँ,’ दीपकले दुखेसो पोखे। 

प्रकाशित मिति: : 2019-08-21 19:23:21

प्रतिकृया दिनुहोस्