फेवाताल संरक्षण प्रकरण : मुद्दा परेपछि बल्ल चासो

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्सालविरुद्ध सर्वोच्च अदालतमा अवहेलना रिट दायर भएको छ । उक्त रिटमा प्रधानमन्त्री केपी ओली, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍मा अर्याल, वनमन्त्री शक्ति बस्नेत, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव डिल्लिराम घिमिरे, भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली पनि विपक्षी छन् ।

गत साउन १६ गते अधिवक्ता खगेन्द्र सुवेदीले सर्वोच्च अदालतमा अवहेलनाको रिट दायर गरेका थिए । रिटमा अदालतले गरेको फैसला कार्यान्वयन नगरेको भन्दै एक वर्ष कैद र १० हजार जरिवाना गर्न माग गरिएको छ । रिट दायर गर्नुको कारण हो, “सर्वोच्च अदालतले फेवाताल प्रकरणमा दिएको आदेशको कार्यान्वयन निश्चित समयमा नहुनु ।”

प्रकाशित मिति: : 2019-08-20 20:10:31

प्रतिकृया दिनुहोस्