कर्मचारीको अभावले सर्वसाधारणलाई प्यान लिनै सास्ती

रातोपाटी

काठमाडौं । नयाँ आर्थिक वर्ष शुरुभएसँगै सरकारले स्थायी लेखा नम्बर (प्यान)लाई अनिवार्य ग¥योे । यस अघि छिट्पुट केहि व्यक्तिगत प्यान बाहेक व्यवसायीक प्यान मात्र वितरण गरिरहेको सरकारले यस वर्षदेखि भने व्यक्तिगत प्यानलाई समेत अनिवार्य गरेको छ । जुन आर्थिक वर्ष २०७६/०७७ को श्रावण १ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ ।

कर्मचारी तलब भत्तादेखि एक हजारभन्दा माथिको सबै खाले आर्थिक कारोबार अनिवार्य प्यानमा जानु पर्ने सरकारको निर्देशन छ । तर यो व्यवस्था कार्यान्वयनमा भने ठूलो चुनौती देखिएको छ । प्यान अनिवार्य गरेको एक महिना पनि नबित्दै समस्या माथिको समस्याको चाङ्ग लाग्न थालिसकेको छ । गएको एक महिनामा मात्र देशैभरिबाट करिब डेढ लाख प्यान कार्ड वितरण भएको अन्तरिक राजस्व विभागले जनाएको छ । यो व्यवसायीक प्यान बाहेकको व्यक्तिगत प्यान वितरणको मात्र तथ्याङ्क हो ।

प्रकाशित मिति: : 2019-08-20 11:17:43

प्रतिकृया दिनुहोस्