' कहिल्यै निको नहुने घाउ'

इटहरी - एघार वर्षअघि पूर्वी तटबन्ध भत्काएर बस्तीमा पसेको सप्तकोसी नदीले फेरि कुनै पनि बेला बिनाशलिला मच्याउन सक्ने त्रासमा छिन् कोसी गाउँपालिका ३ कि ६० वर्षीया तिलेश्वरी यादव। हरेक वर्ष बर्खा लागेपछि नदीहरूमा पानीको बहाव बढ्नु स्वाभाविकै हो तर सप्तकोसी नदीमा पानी बढ्नासाथ उनी चिन्तित हुन्छिन्।

उनी कोसीमा पानीको बहाब बढ्नासाथ कामना गर्छिन, ‘स्थिति नबिग्रीयोस्, कोसी नदीले ज्यान नलैजाओस्।’ ११ वर्षअघि पूर्वी तटबन्ध भत्काएर कोसी नदी बस्तीमा पसेर मच्याएको बिनाशलिला सम्झँदा आङ् नै सिरिंग हुने बताउँछिन् उनी। भन्छिन, ‘डर त लागिरहन्छ। तर अन्यत्र जाने उपाय केही छैन, जेसुकै होस् भनेर यहीं बस्नुपरेको छ।’ अरु कुनै उपाय नहुँदा कोसीले ज्यानै लगे पनि लगोस् भनेर यहीं ठाउँमा बस्नुपरेको उनले बताइन्। उनको घर कोसीको पूर्वी तटबन्धभन्दा तीन सय मिटरको दुरीमा छ।

,‘सालिन्दा वर्षा लागेर पानी पर्नासाथ हामी कोसीको आसपास बस्नेलाई गास, बास र कपासको भन्दा ज्यानको सुरक्षाले बढी पिरोल्छ। हाम्रा लागि कोसीको पीडा कहिल्यै निको नहुने घाउजस्तै भएको छ।’

‘कोसी नदीबाट ढुक्क हुन सकिने अवस्था छैन,’ कोसी गाउँपालिका ३ मा बस्ने नुरसा खातुनले भनिन्। उनले ११ वर्षअघि कोसीले गरेको बिनाशको क्षतिपूर्ति अहिलेसम्म नपाएको बताउँछिन्। ‘म कोसीपीडित भए पनि अहिलेसम्म केही पाएकी छैन्,’ कोसीकै कारण सुकुमबासी बनेको सुनाउँदै उनले भनिन, ‘अब क्षतिपूर्ति पाइन्छ कि पाइँदैन होला। ’ कोसी गाउँपालिका ३ कै हरजरथ अनसारीले ११ वर्षअघि दिउँसोको समयमा कोसीले पूर्वी तटबन्ध भत्काएकाले स्थानीयको ज्यान बचेको सम्झँदै भने,

प्रकाशित मिति: : 2019-08-19 17:58:15

प्रतिकृया दिनुहोस्