नेपाल–तिब्बत कोराला नाकामा जे देखिए

काठमाण्डौं विश्वविधालयमा विकास अध्ययन विषयमा स्नातकोत्तर गर्ने विधार्थीहरुका लागि डिजायन गरिएको आर्थिक कुटनितीः नेपाल, भारत र चीन विषयको एउटा पाटो भनेको दुवै छिमेकी देश र नेपालका विचमा सिमा सम्बन्धको प्रत्यक्ष अध्ययन भ्रमण पनि हो । यस वर्ष उक्त कार्यका लागि १७ जना विधार्थीसहित उत्तर तर्फको कोराला नाका र दक्षिणको बेलही वा सुनौली जाने मौका मिल्यो ।

केही समय अघिसम्म निषेध गरिएको अधिराज्य (फरविडन किङ्गडम) भनिदै आएको माथिल्लो मुस्ताङ्ग हँुदै जान पाइने नाका भएका कारण मात्र होइन, सन् २०६० मा त्यहाँ भएको खम्पा विद्रोह, विद्रोह दवाउने नाममा चिनिया सेनाले नेपाल कै सिमा भित्र आएर गोली चलाउँदा नेपाली सेनाका सुवेदार बामप्रसाद मारिएका इत्यादि इतिहासका घटनाहरु सम्झेर पनि त्यहाँ पुग्ने उत्सुकता निकै थियो । काठमाण्डौंबाट हिडेको तस्रो दिन थाकेर लोमाङ्गथान पुगेका भए पनि यस्तै कौतुहलताले हामी आफ्ना लगेज कोठामा छाडेर झटपट बोर्डरतिर लाग्यौं ।

प्रकाशित मिति: : 2019-08-19 17:51:41

प्रतिकृया दिनुहोस्