'पैसाको चिन्ता छैन, बडार्दा-बडार्दै मर्न पाऊँ'

राजमान महर्जन। तस्बिरः निशा भण्डारी/सेतोपाटी

राजमान महर्जन सधैंजसो सेतो टिर्सट र सेतो हाफप्यान्टमा भेटिन्छन्। कुनै स्कुल वा कार्यालयको पोशाकझैं जहाँ जाँदा पनि यसैमा।

५० उमेर काटेका राजमानको टिसर्टमा लेखिएको हुन्छ‍- 'हु डज इफ आई डन्ट'।

उनको हातमा नटुट्ने अर्को चिज हो- रातो बिँड र हरियो फुर्का भएको प्लास्टिकको च्याप्टो कुचो।

'यो मेरो सफाइ पोशाक हो। मेरो मूल नारा 'मैले नगरे कसले गर्ने,' टिसर्ट हेर्दै भन्छन् उनी।

कीर्तिपुरबासी राजमानलाई सबैले 'सरसफाइ अभियन्ता' मान्छन्। विगत नौ वर्षदेखि उनले कीर्तिपुर र विभिन्न ठाउँमा सफाइ गर्दै आएका छन्।

यसैले होला उनी आफूलाई 'फिरन्ते' भन्छन्।

'म सरसफाइकै लागि निरन्तर हिँडिरहने फिरन्ते हुँ। सफा गर्न जहाँ जान्छु, त्यहीँ बस्छु,' उनले भने, 'कसैले बस्न, खान दिए उनीहरूसँगै जान्छु। नभए टेन्ट नै मेरो घर।'

सरसफाइमा लाग्नुलाई उनी तपष्यामा बस्नु मान्छन्। देशका गतिविधिमा चासो छैन। आफ्नै काममा तल्लीन र मस्त।

'मेरो ध्यान यही हो, अरू सोच्न थालेँ भने उद्धेश्य गुम्ला भन्ने डर लाग्छ,' कुचो हेर्दै उनी सुनाउँछन्।

राजमानले २०६६ साल भदौदेखि यो काम थालेका हुन्। सुरूमा उनलाई कसैले पत्याएका थिएनन्। न परिवारले, न साथीभाइले। 'हावा कुरा' भनेर उडाए। कतिले पागल भन्न भ्याए। 'पार्टीको मान्छे', 'महानगरको मान्छे' भनेको पनि सुन्थे उनी।

'हाम्रो समाजमा अनौठो काम गर्नेलाई यस्ता प्रतिक्रिया दिनु स्वभाविक हो,' उनी चित्त बुझाउँछन्।

राजमानलाई मान्छेका कुराले छोएन। आफ्नै सुरमा लागि रहे। हातमा कुचो टुटेन। कुचोले सफाइ गर्न छाडेन।

यसैको नतिजा हो, राजमानलाई अचेल समाजले पत्याएको छ। सम्मान दिन थालेको छ।

'ओहो, यो त कहिल्यै नथाक्ने मान्छे रहेछ पनि भन्छन् कतिले,' उनले सुनाए, 'कहिले थाक्न हुँदैन पनि। थाकेँ भने काम सफल हुँदैन।'

राजमानको दैनिकीः बिहान ६ बजे घरबाट निस्कियो। कुनै ठाउँ पुग्यो। सफाइ गर्यो। १० बजेतिर घर फर्कियो। सफा गर्दागर्दै घरभन्दा टाढा पुगे उतै बस्यो।

उनले सरसफाइ सुरू गर्दा अठोट लिएका थिए- २०८८ सालसम्ममा नेपालीलाई फोहोर गर्न नदिने।

'मैले सपना देखेको छु, अबको १२ वर्षमा म यहाँ कसैलाई फोहोर गर्न दिन्नँ। नेपाल सफा पार्न गाह्रो छैन। म सक्छु भन्ने हिम्मत राख्नुपर्छ,' उनी धेरै दृढ देखिन्छन्।

एक्लो मान्छेले यस्तो सपना कसरी देखे? यसको कथा रोचक छ।

कीर्तिपुरमा एउटा चर्चित रेस्टुरेन्ट छ- लहना। 

राजमानका अनुसार उनको सफाइ सपना यही रेस्टुरेन्टसँग जोडिएको छ।

राजमान धेरै वर्षअघि जग्गाको कारोबार गर्थे। राम्रो कमाइ भयो। यो काम गर्नुअघिसम्म आफू 'कीर्तिपुरकै गरिब मान्छे थिएँ' भन्छन्।

प्रकाशित मिति: : 2019-08-19 07:07:51

प्रतिकृया दिनुहोस्