हिरा अधिकारी
नछोएको त्यो हात
नसुम्सुमाएको त्यो कपाल
नचुमेको त्यो निधार अनि अधर
नअंगालेको त्यो अंगालो
यस्तो लाग्थ्यो
एकदिन मायाले स्पर्श गर्नेछु
अनि
यति धेरै मायाको आभास गराउने छु कि
तिमीलाई त्यस्तो आभास
आजसम्म नभएको होस्!
त्यसरी सुम्सुमाउने छु तिम्रा कपाल
जसरी एउटा गाईले
भर्खरै जन्म दिएको
आफ्नो बच्चालाई सुम्सुमाउछे।
चुम्नेछु ती निधार अनि अधरलाई
अनि
खुसुक्क भन्नेछु
बलियो गरी अंगालोमा कस्दै
कसैले नसुन्ने गरी
हामी कहिल्यै नछुटिने ल!
तर ,
भाग्यमा नभएको कुरा गर्छु भनेर
कहाँ हुने रहेछ र
जुन सपना मैले तिमीसँग
देखेकी थिए,
त्यो सपना तिमीले अरु कसैसँग
देखेका रहेछौ।
त्यो हात कसैले समाइसकेको रहेछ,
मैले दिने सबै खुसी अनि सुख
अरु कसैले दिइसकेको रहेछ
र ,
मलाई यति धेरै सपना देखाएकोमा
तिमीलाई धेरै धन्यवाद!
जे भयो अब सबै बिर्सेर म पनि
तिमीले जस्तै
अर्कै सपना अनि बिपना देख्न चाहन्छु
तर,
बिन्ती फेरि बारबार मेरो
सपनामा आएर मलाई कमजोर
नबनाऊ ल!
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया