कसरी उछिन्यो रक्सीले भाङ र अफिमलाई ?

नशालु पदार्थलाई समाजले पहिलेदेखि नै मूलतः दुई भागमा वर्गीकरण गर्दै आएको छ । पहिलो, जोकसैले लिन मिल्ने र दोस्रो, चिकित्सा प्रयोजनमा मात्र लिन मिल्ने । सुर्ती, चुरोट, बिँडी, चुर, तमाखु आदि पहिलो श्रेणीमा पर्छन् । गाँजा, भाङ, धतुरो, अफिम आदि दोस्रो श्रेणीमा पर्छन् । दोस्रो श्रेणीका नशालु पदार्थलाई राज्यले पनि निषेध गरेको छ । यी दुई श्रेणीको बीचमा अर्को एउटा श्रेणी पनि छ । यो श्रेणीमा जाँडरक्सी पर्छ ।

जनजाति समुदायका लागि जाँडरक्सी खुला रहँदै आएको छ । राणाशासन उन्मूलन नहुन्जेलसम्म तागाधारीका लागि जाँडरक्सी निषिद्ध थियो । राणाशासन ढलेसँगै यस्तो निषेध हटेपछि तागाधारीमाझ पनि रक्सी लोकप्रिय बन्यो । राणाशासन अन्त्य भएसँगै गाँजा र अफिममाथिको प्रतिबन्ध केही समयका लागि फुकुवा गरेर राज्यले पुनः रोक लगायो । त्यसपछि रक्सीको ‘शरण’मा जाने अम्मलीको संख्या अझ बढ्यो । 

प्रकाशित मिति: : 2019-08-17 15:38:01

प्रतिकृया दिनुहोस्