
जलेको सिंहदरबार
बिएल संवाददाता
नेपालमा कोरोनाभाइरस संक्रमण बढ्न थालेको छ। यो साताको तथ्यांक हेर्दा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको हो। नेपालमा पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसअघि आइतबार २१६ जनामा र सोमबार ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नौ हजार ३३९ वटा नमुना परीक्षण गर्दा ३९३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार सात हजार ७९४ जनामा गरिएको पीसीआर परीक्षणमा ३५५जनामा र एक हजार ५३५ जनामा एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ९४ रहेको छ। पछिल्लो २४ घण्टामा २६३ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया