नेपाली खगोलविद्ले पत्तालगाएका आकाशीय पिण्ड ‘एस्टेरायड’ कि क्षुद्रग्रह ?

तस्बिरः नेपाल न्यूज

मंगल ग्रह र बृहस्पति ग्रहबीचको बृहत् आकाशलाई ‘ऐस्टेरायड बेल्ट’ (उल्का क्षेत्र) भनिन्छ। मंगल र बृहस्पति ग्रहबीचको दूरीबारे अनुमान यसरी गर्न सकिन्छ। निश्चय पनि सौर्यमण्डलको केन्द्रविन्दु सूर्य हो। सूर्यदेखि बुध हुँदै बढ्दो दूरीका क्रममा शुक्र पृथ्वी, मंगल, बृहस्पति, शनि, अरूण, वरूण र क्षुद्रग्रह प्लुटो रहेका छन्। पृथ्वी सूर्यदेखि दूरीका आधारमा तेस्रो नम्बरमा पर्छ। पृथ्वी र सूर्य बीचको औसत दूरी १४ करोड ९६ लाख किमि छ।

खगोल विज्ञानमा सजिलोका लागि सूर्य र पृथ्वी बीचको दूरीलाई ‘१ एस्ट्रो नोमिकल युनिट’ (ऐयु) भनिन्छ। बुध र शुक्र ग्रह भने सूर्यसँग १ ऐयुभन्दा कम दूरीमा रहेका छन्। बुध ग्रह सूर्यदेखि ०.३९ ऐयु टाढा छ। यसलाई किमिमा थाहा पाउन १४ करोड ९६ लाखसँग गुणन गर्दा प्राप्त हुन्छ। यसैगरी शुक्रग्रह र सूर्यको दूरी ०.७२ ऐयु छ। पृथ्वी र सूर्य बीचको दूरी १ ऐयु अर्थात् १४ करोड ९६ लाख किमि छ। निश्चय पनि तपाईंलाई बुध र शुक्र ग्रह बीचको दूरी, बुध र पृथ्वी एवम् शुक्र ग्रह र पृथ्वी बीचको दूरी जान्ने उत्सुकता भयो होला।

सूर्यसँग बुध ग्रहको दूरी ०.३९ ऐयु छ र सूर्यसँग पृथ्वीको दूरी १ ऐयु छ, यसको स्पष्ट आशय छ– बुध ग्रह र पृथ्वी बीचको दूरी १– ०.३९.०.६१ ऐयु रहेको छ। यसलाई किमिमा परिवर्तित गर्दा जवाफ हुन आउँछ, १४९६०००००×०.६१.९१२५६००० किमि। बुध ग्रह र पृथ्वी बीचको ९ करोड १२ लाख ५६ हजार किमिको विशाल रिक्त आकाशमा एउटा मात्र खगोलीय पिण्ड शुक्रग्रह रहेको छ।

यहाँनिर बुध ग्रह र शुक्र ग्रह बीचको आकाशको गणना पनि गरौं।

सूर्यसँग बुधको दूरी ०.३९ ऐयु छ भने शुक्र ग्रह सूर्यसँग ०.७२ ऐयु टाढा छ। बुध र शुक्र ग्रह बीचको दूरी ०.७२–०.३९.०.३३ ऐयु हुन आउँछ। किमिमा यो १४९६०००००×०.३३.४९३६८००० हुन आउँछ।

बुध र शुक्र ग्रह बीचको ४ करोड ९३ लाख ६८ हजार किमिको रिक्त स्थानमा पनि कुनै पनि खगोलीय संरचना छैनन्।

र, हामी भन्न सक्छौं– सूर्य र बुध ग्रहबीच ०.३९ एयु झन्डै ५ करोड ८३ लाख ४४ हजार किमि विस्तृत आकाशमा पनि कुनै खगोलीय संरचना छैनन्।

सूर्य र पृथ्वीको १ ऐयु दूरीका मध्ये बुध र शुक्र ग्रह छन्। रमाइलोका लागि शुक्र ग्रह र पृथ्वी बीचको दूरी पनि गणना गरौं।

सूर्यसँग शुक्रको दूरी ०.७२ ऐयु तथा सूर्य र पृथ्वी बीचको दूरी १ ऐयु अर्थात् शुक्र र पृथ्वीको ०.२८ ऐयुको रिक्त आकाश विद्यमान छ। किमिमा गणना गरी हेरौं–
१४९६०००००×०.२८.४१८८८००० किमि

शुक्र ग्रह र पृथ्वी बीचको ४ करोड १८ लाख ८८ हजार किमिको रिक्त आकाशमा पनि कुनै खगोलीय संरचना आजका मितिसम्म संज्ञानमा आएका छैनन्।

गणितको विशेष महत्व यस कारणले पनि छ कि, यसले प्रतिपादित गरेको निश्कर्ष दायाँबायाँ, उल्टोसुल्टो जताबाट गरे पनि मूलसँग ठ्याक्क मिल्ने हुनुपर्छ, जस्तो कि यस लेखमा माथि भनियो, सूर्य र पृथ्वीको दूरी १ ऐयु अर्थात् १४ करोड ९६ लाख किमि छ। यस तथ्यलाई माथि वर्णन गरेका विभिन्न विवरणबाट जाँच गरी हेरौं–
सूर्य र बुधको दूरी ०.३९ ऐयु अर्थात् ५८३४४०००
बुध र शुक्रको दूरी ०.३३ ऐयु अर्थात् ४९३६८०००
शुक्र र पृथ्वीको दूरी ०.२८ ऐयु अर्थात् ४१८८८०००

उपर्युक्त तीन वटैको जोड सूर्य र पृथ्वीको दूरी अर्थात् १ ऐयु र किमिमा १४ करोड ९६ लाख हुनुपर्छ। एक पटक जाँगर चलाएर जाँच गरी हेर्नुस्।

पृथ्वीपछि सूर्यसँग दूरीका आधारमा चौथो ग्रह हो, मंगल। मंगलको पृथ्वीसँग दूरी ०.५२ ऐयु अर्थात् ७ करोड ७७ लाख ९२ हजार किमि छ। सूर्यसँग मंगलको दूरी जान्न चाहनुहुन्छ भने पृथ्वी र मंगल ग्रह बीचको दूरीमा पृथ्वी र सूर्य बीचको दूरी १ ऐयु अर्थात् १४ करोड ९६ लाख जोड्नुस्।

सूर्य र मंगल बीचको दूरी १.५२ ऐयु अर्थात् २२ करोड किमिभन्दा बढी छ।

पृथ्वी र मंगल ग्रह बीचको ७ करोड ७७ लाख ९२ हजार किमिको रिक्त आकाशमा पनि कुनै खगोलीय संरचना भएको विज्ञानको जानकारीमा छैन। 
सूर्यदेखि दूरीका आधारमा ५ औं नम्बरको ग्रह नै सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पति हो।

सूर्यदेखि बृहस्पति ग्रहको दूरी ५.२ ऐयु छ। आजको लेखको चर्चाको मूल विषयवस्तु मंगल ग्रह र बृहस्पति ग्रह बीचको आकाशबारे केन्द्रित रहेको छ। माथिको यावत् चर्चा यसको पृष्ठभूमिका लागि गरिएको हो।

सूर्य र मंगल ग्रहको दूरी १.५२ ऐयु एवम् सूर्य र बृहस्पति ग्रहको दूरी ५.२ ऐयु छ। मंगल र बृहस्पति ग्रह बीचको दूरी ३.६८ ऐयु हुन आउँछ। किमिमा यस दूरीलाई परिवर्तित गर्दा मान प्राप्त हुन्छ–
१४९६०००००×३.६८.५५०५२८०००

प्रकाशित मिति: : 2019-08-17 06:52:51

प्रतिकृया दिनुहोस्