प्रचण्डलाई ओलीको ‘सर्प्राइज प्रस्ताव’

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन प्रस्ताव गरेका छन् ।

स्रोतका अनुसार अध्यक्ष ओलीले प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन र पार्टी एकता गर्नुपूर्वको सहमति अनुसार प्रधानमन्त्री छाड्नसमेत तयार भएका छन् ।

शुक्रबार सचिवालय बैठक बस्नुपूर्व दुई अध्यक्षबीच भएको भेटमा अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन् । स्रोत भन्छ - ‘पार्टी तपाइले चलाउनुस् र हाम्रो पूर्व सहमतिअनुसार प्रधानमन्त्री पनि तपाई बन्नुस्, म छोड्न तयार छु ।’ प्रधानमन्त्री ओलीले प्रचण्डलाई भनेका थिए ।

रोप्या खेत पहेला भैग्या मेरा दुःख उसाइ

अध्यक्ष ओलीको यो प्रस्तावसँगै अध्यक्ष प्रचण्ड स्कूल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिन तयार भएका हुन् । नेकपामा सुरुदेखि नै एउटा अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टी चलाउनुपर्ने बहस चल्दै आएको थियो । तर अहिले प्रधानमन्त्री ओलीले नै पार्टी चलाउनुस् भन्ने प्रस्तावलाई आश्चर्यका रुपमा हेरिएको छ ।

यद्यपि, यसबारे प्रधानमन्त्री ओली भदौ पहिलो साता सिंगापुरमा स्वास्थ्य उपचार गरेर फर्केसँगै ठोस निर्णय हुने बताइएको छ । यो प्रस्तावमा सहमति भए प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष बन्नेछन् ।

प्रकाशित मिति: : 2019-08-16 19:17:26

प्रतिकृया दिनुहोस्