टाइगर प्यालेसको सम्पत्ति रोक्का

बुटवल - रुपन्देहीको कोटिहवामा रहेको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टको सम्पूर्ण सम्पत्ति रोक्का भएको छ। सरकारी जग्गा मिचेर निर्माण गरिएको होटलविरुद्ध परेको पूरक निवेदनमा जिल्ला अदालत रुपन्देहीले होटलको सम्पूर्ण सम्पत्तिसहित सेयर खरिदबिक्री रोक्का गर्न आदेश दिएको हो।

गत असार १९ गते भैरहवा लुम्बिनी भूमिगत जल परियोजनाको १० कट्ठाभन्दा बढी नहर क्षेत्र अतिक्रमण गरेर होटल निर्माण गरेको भन्दै मुद्दा परेको थियो। सो मुद्दाको प्रारम्भिक सुनुवाइमा सरकारी कित्ताका जग्गा, तिनमा संरचना निर्माण, बेचबिखन तथा दृष्टिबन्धकलगायतका कुनै पनि काम नगर्नू नगराउनू भन्ने आदेश जारी भएको थियो। होटलको स्वामित्व रहेको सिल्भर हेरिटेजले भने अदालती आदेश अवज्ञा गर्दै होटल बिक्री प्रक्रिया अगाडि बढाएको थियो।

प्रकाशित मिति: : 2019-08-16 15:09:26

प्रतिकृया दिनुहोस्