सलमान खानसँग सित्तैमा नाच्दिनँ भनेकै हुँः स्वस्तिमा खड्का (अन्तर्वार्ता)

नेपाली रजतपटकी व्यस्त अभिनेत्री स्वस्तिमा खड्काका लागि साउन महिना विशेष रह्यो। यो महिनामा उनले सार्क फिल्म महोत्सवको ‘जुरी अवार्ड’ जितिन्। सरकारले प्रदान गर्ने राष्ट्रिय चलचित्र अवार्डमा ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड हात पारिन्। यी दुवै अवार्ड पाएसँगै दर्शकहरुको अपेक्ष पनि उनीसँग बढेका छन्। करिब दर्जन फिल्ममा अभिनय गरिसकेकी स्वस्तिमा अभिनित ‘हजार जुनीसम्म’ आजै शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। नेपालखबरले उनीसँग गरेको संवादः

फिल्मी खेल्न सुरु हुँदाहुँदै बिहे गर्नुभयो। धेरैले अब यसको ‘करिअर’ सकियो भन्ने अनुमान लगाए। तपाईंको ‘करिअर’ झन् उकालो पो लाग्दैछ। यसको राज के हो?

त्यस्तो राज भन्ने त विशेष केही छैन। म जसरी बिहेअघि आफ्नो काममा लगाब राख्थेँ बिहेपछि पनि त्यसलाई निरन्तरता दिएँ। हाम्रो समाज नै यस्तै छ, केटीको बिहेपछि अब यसको जिन्दगी नै सकियो भन्ने तरिकाले हेरिन्छ। त्यो गलत सोच हो। बिहे हुनु वा नहुनुले काम गर्ने मान्छेलाई असर गर्दैन। बिहेपछि महिलासँग दुई वटा विकल्प हुन्छ: एउटा घर बस्ने र अर्को काम गर्ने। मैले काम रोजेकी हुँ। बिहेपछि धेरैले मलाई फोन गरेर नै त्यो विषयमा चासो राख्नुभएको थियो। कतिपयले निश्चललाई पनि फोन गरेर स्वस्तिमाले अब काम गर्छ कि गर्दैन भनेर सोध्नुभएछ। एक वर्षसम्म मैले फिल्ममा काम गर्ने या नगर्नेबारे निश्चललाई नै फोन आउँथ्यो। मानिसहरु बिहे भयो, बच्चा भयो अब काम गर्दैन भन्ने मानसिकता बनाउँदा रहेछन्। त्यसैले कामप्रति आफू नै सधैँ उत्तरदायी हुनु महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ।

प्रकाशित मिति: : 2019-08-16 14:54:47

प्रतिकृया दिनुहोस्