मर्जर प्रभाव : बैंकहरू मोटाए कि सुन्निए ?

काठमाडौं । निकै चर्चामा रहेको ठूला बैंकबीचको मर्जर (बिग मर्जर) को विषय मौद्रिक नीति आएपछि सेलाएको छ । यद्यपि, बैंक तथा वित्तीय संस्थाहरुको मर्जरको प्रक्रिया भने नियमित चलिरहेकै छ । पछिल्लो समयमा ‘ख’ वर्गको ओम डेभलपमेन्ट बैंक एनएमबीमा गाभिने अन्तिम चरणमा छ । यस्तै, कैलाश विकास बैंक, प्राइम कमर्सियल बैंकसँग मर्ज हुँदैछ । ‘ग’ वर्गका फाइनान्स कम्पनीहरू पनि मर्जरबाट अछुतो छैनन् ।

केही साता अघि मात्रै ललितपुर फाइनान्स प्राइममा गाभियो भने ‘हाथ वे’ फाइनान्स पनि ग्लोबल आईएमईमा विलय हुँदैछ । आजभन्दा ३ वर्षअघि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउने रणनीतिअनुरूप पुँजीवृद्धिको योजना ल्याएको थियो । निश्चित समय दिएर ४ गुणा बढी पुँजी पुर्‍याउन राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दियो । त्यसपछि मर्जरको लहर चलेको हो ।

प्रकाशित मिति: : 2019-08-16 11:53:55

प्रतिकृया दिनुहोस्