श्रीमान्‌को मृत्युको खबरपछि श्रीमतीको सुसाइड नोट- हाम्रो लासलाई सँगै राखिदिनु

वैदेशिक रोजगारीका क्रममा कतारमा श्रीमान्‌ ललितबहादुर लिम्बूको मृत्यु भएको खबर सुनेपछि मोरङको सुन्दरहरैचा-५ की टीकाकुमारी लिम्बूले आफूलाई सम्हाल्न नसकेर मृत्यु रोजिन्।

आइतबार साँझ आत्महत्या गर्नुअघि टीकाले 'सुसाइड नोट'मा लेखिन्- 'हामी बूढाबूढी सँगै बाँच्न नसके पनि सँगै मर्न त सक्छौं। यसमा कसैको दोष छैन। हाम्रो लासलाई सँगै राखिदिनु।' साउन २५ गते शनिबारको रात। ललित भोलिपल्टको छुट्टी अघिल्लो रातदेखि नै मनाउने सुरसारमा थिए। कतारको दोहामा कार्यरत उनी आइतबार परेको बकर इदको बिदा मनाउन अघिल्लो दिन नै साथीहरुसँग समुद्री किनारतर्फ लागे। उनीसँग ४ जना साथी पनि थिए। अलिक चञ्चले स्वभावका ललित किनारबाट समुद्रतर्फ केही परसम्म पुग्ने कोसिसमा थिए। त्यहीबेला आएको सामुद्रिक छालले लपेटेर लग्यो। बिदाको रमाइलो मनाउन सँगै गएका साथी किनारमै हल न चल रहे। ललित समुद्रमा समाहित भएको टुलुटुलु हेर्नुसिवाय उनीहरुका लागि अन्य केही उपाय रहेन।

दसैंमा घर आउने वाचा गरेका उनी इदको छुट्टीमै सधैंका लागि बिदा भए।

प्रकाशित मिति: : 2019-08-15 16:06:51

प्रतिकृया दिनुहोस्